यो सरकार दक्षिणतर्फ फर्केर बोल्न पनि सक्दैन-ओली

यो सरकार दक्षिणतर्फ फर्केर बोल्न पनि सक्दैन-ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान देउवा सरकारले महाकालीमा बेपत्ता जयसिंह धामीलाई न्याय दिन त के दक्षिणतर्फ फर्किएर बोल्न पनि नसक्ने बताएका छन् ।

एमालेको प्रथम विधान महाधिवेशनमा आफ्नो प्रस्तावमाथि उठेका प्रश्नहरुको उत्तर दिदै ओलीले जय सिंहहरुलाई न्याय दिन १४ महिना पछि फेरि एमालेको सरकार आउने भविष्यवाणी गरेका छन् ।

दुर्घटनाकै दिन बोल्नुपर्ने सरकार अहिलेसम्म नबोलेको ओलीको दावी छ । आयोग बनाएर पन्छिन खोजेको देउवा सरकारले आफ्नै आयोगले दिएको निश्कर्षसमेत कार्यान्वयन नगरेको ओलीले बताए ।

टिप्पणीहरू