एमाले नेताका सबै प्रस्ताव सर्लक्कै पारित

एमाले नेताका सबै प्रस्ताव सर्लक्कै पारित

 नेकपा एमालेका तीन नेताले प्रस्तुत गरेका प्रस्ताव सर्वसम्मत पारित भएका छन् । तीन दिनदेखि चलेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।

यस्तै महासचिव इश्वर पोखरेलले साँगठनिक र उपमहासचिव बिष्णु पौडेलले विधान प्रस्ताव प्रस्तुत गरेका थिए । नेताहरुले प्रस्तुत गरेका प्रस्तावमा महाधिवेशन प्रतिनिधिहरुले छलफल गरेर केहि परिमार्जनसमेत गरेका थिए । विधान महाधिवेशन नेपालको इतिहासमा पहिलोपटक आयोजना गरिएको हो ।

टिप्पणीहरू