कति भिडे, कति उत्रिए ?

सेनाको खरिपाटी अधिकृत क्याडेट छनोटमा २०७४ सालमा १५० जनाका लागि विज्ञापन भएकोमा करिब चार हजार जनाले दरखास्त दिएका थिए । तीमध्ये साधारण शरीर पहिचान, दौड, सेट अप, पुस अप र आइक्यू टेस्टमा पास भएर बाँकी रहेका १३४५ जना लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सहभागी भए । तर, जम्मा १९ जना मात्रै पास भए । त्यसमा एकजना पनि महिला परेनन् । अझै मेडिकल, अन्तर्वार्तालगायत छनोट चरण बाँकी नै छ । त्यो सबै पास गर्ने बढीमा १० जना मात्रै होलान् । न्यून संख्यामा मात्रै लिखितमा पास भएपछि अधिकृत क्याडेटका लागि फेरि विज्ञापन भएको भएको छ । संसारमा कहीं पनि लोकसेवा जस्तो संस्थाले सेनाको परीक्षा लिँदैन । सेनालाई चाहिने अधिकृत लोकसेवाले निकालेको प्रश्नमा पास हुने होइनन् । धेरै नम्बर मात्र ल्याउने मान्छे भोलि युद्धमा काम लाग्दैन । 

यसैबीच सैनिक प्रवक्ता बनेका सहायक रथी झंकर कठायत सुदूरपश्चिम पृतनाको निमित्त पृतनापति उपरथीमा बढुवा भएका छन् । पश्चिम अछामनिवासी उनले सरल र भद्र जर्नेलको छवि बनाएका छन् । त्यस्तै डा. शशी राई पनि दुईतारेमा बढुवा भएका छन् । प्राविधिक महासेनानी रामाधार सिंह र हगेन्द्र महर्जन पनि एकतारेमा बढुवा भएका छन् । 

टिप्पणीहरू