​काबाहीको कुरै काटकुट

अयोग्य र असक्षम व्यक्तिलाई उपसेनानी दर्जामा सिफारिस गर्दा संस्थाको साथै बाहिरी समाजमा पनि ठूलो परिचर्चा हुने गर्छ । हालै वीरेन्द्र अस्पतालमा सरुवा भई आएका प्रासु टीकाराम थापाबारे पुराना सिष्टरहरु र समकक्षीसँग बुझ्दा पनि हुन्छ । उनले १८ फिएमा विभिन्न कुकार्य गरेका छन् । जवानहरुलाई तहसनहस पार्ने, गुल्मपतिहरुलाई घुमाएर कारबाही गराउने काममा सक्रिय छन् ।

डा. रविश मिश्रलाई पनि कारबाही गराए । डा. मिश्र आफ्नो खल्तीको रकम दिएर बिरामीलाई बाहिर अस्पतालमा उपचार गर्न पठाउँथे । प्रतीक रेग्मी, सुरेन्द्रमानजस्ता गुल्मपतिहरुलाई नचाहिँदो प्रलोभनमा फसाएर विकृति ल्याउने काम गरे । आफ्नो गल्तीका बाबजुद तत्कालीन बाहिनीपति शिव पौडेलबाट सिटरोलमा समेत कारबाही गरी लेखिएको साथै घटुवा सिफारिस गरिएकोसमेत यथावत छँदै छ । उनी बेलाबेलामा बाहिनीभित्र बौलाहाजस्तो व्यवहार गर्ने, मनलाई स्थिर राखेर बस्न नसक्ने व्यक्ति हुन् । सैनिक प्राड विवाक तथा मुख्यालयबाट कारबाहीको प्रक्रियामा टोली गई छानबिन  भएको थियो । त्यसको कारबाही कहाँ पुग्यो ? त्यस्ता भ्रष्टाचारमा कुख्यातलाई सरुवा मात्र गराएर पुग्दैन । यस्तो कनिष्ठ प्रासुलाई कुनै पनि हालतमा मानार्थ क्याप्टेनमा सिफारिस नगर्न निवेदन पेश गरेका छौं ।

– वीरेन्द्र अस्पताल समस्त परिवार, फिए गुल्म परिवार

टिप्पणीहरू