माइत हिँडेकी महिलाको वीच सडकमा लाश

माइत हिँडेकी महिलाको वीच सडकमा लाश

सल्यानमा एक महिला मृत फेला परेकी छन् । घरबाट माइत जान हिँडेकी बाग्चौर नगरपालिका-२ गैरीकी अन्दाजी ५४ वर्षीया रामकली खत्री आज ठाँटीचौरको कच्ची सडकमा मृत अवस्थामा फेला परेकी हुन् ।

मृतक खत्री हिजो अपराह्न करिब पाँच बजे माइत जान भन्दै हिँडेकी थिइन् । प्रहरीका अनुसार उनको शव घरदेखि एक किलोमिटरको दूरीमा फेला परेको हो ।

घटनाको जानकारी पाएलगत्तै जनआस्थाले गरेको टेलिफोन कुराकानीमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले घटना शंकास्पद रहेको बताउनुभएको छ । पौडेलका अनुसार महिलाको शवलाई नउठाइकन सुरक्षाकर्मीको घेरा लगाएर राखिएको र भर्खर मात्र जिल्लाबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको छ ।

तालिमप्राप्त कुकरबाट अनुसन्धान सकेपछि मात्र शव उठाएर पोष्टमार्टम गरिने पौडेलको भनाई छ । घटनाको थप विवरण भने आउन बाँकी रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

टिप्पणीहरू