राजा बन्ने दावी

राजा बन्ने दावी

नारायणहिटी दरवारको म्युजियमबाट श्रीपेच चोर्न लागिएको घटनाले देशैभरि हल्लीखल्ली मच्चियो । वास्तवमा त्यो हल्लाखल्ला मच्चाउने खालकै घटना थियो । श्रीपेचको चोरी अवश्य पनि सानोतिनो घटना हुन सक्दैन ।

यदि त्यो चोर्न सफल भएको भए त्यसले नेपालको राजनीतिमै ठूलो उथलपुथल आउने सम्भावना हुन्थ्यो । किनभने श्रीपेच चोर्ने प्रयास जुन व्यक्तिले गरेको हो उसले दावीका साथै भनेको छ कि मैले राजा बन्नको लागि श्रीपेच चोर्न लागेको हुँ ।

भन्नाले उसले यदि श्रीपेच हात पारेको भए सिधै राजा बन्नको लागि दावी गर्ने सम्भावना हुन्थ्यो । यदि उसले राजा बन्ने दावी पेश गरेको भए अवस्था के हुन्थ्यो ?

श्रीपेचमाथि कब्जा जमाएर कसैले राजा बन्ने दावी पेश ग¥यो भने राजावादीहरूले चाहिँ के गर्थे होलान् ? यो पनि एउटा रमाइलो प्रश्न हो । राजावादीहरूलाई राजा चाहिएको छ ।

यस्तो बेलामा कुनै व्यक्ति आएर म नै राजा हुँ भन्यो भने राजावादीहरूले के गर्लान् ? जस्तोकि अस्तिकै व्यक्तिले राजाको दावी गरे भनौं न, उसलाई राजा बनायो भने नयाँ राजाको नाम हुनेछ( श्री ५ महाराजाधिराज खेमबहादुर घर्ती ।

राजा त राजा तर घर्ती राजा ! यस्तो नाम र यस्तो जातिको राजालाई राजावादीहरूले स्वीकार गर्लान् ?

टिप्पणीहरू