आज संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर

आज संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर

आज मुलुकभर गत २४ घण्टामा ६ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ७० जनामा पीसीआर तथा ३ हजार ८ सय ५० जनामा एन्टिजेन गरी १० हजार ९ सय २० जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै,सोही अवधिमा संक्रमणबाट ७ जनाको निधन भएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ६४ पुगेको छ । यसबीचमा १ हजार ४ सय ५ जना भने संक्रमणमुक्त भएका छन् ।

मुलुकभर अझै १६ हजार ८ सय ४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १५ हजार ५ सय ३४ जना होम र १ हजार २ सय ७० जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये ३ सय ३७ जनाको आइसीयु र १ सय ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २ सय ५२ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू