​प्रभु, यो कस्तो सम्बन्ध हो ?

नवलपुरमा गत बिहीबार एकाबिहानै एउटा घरमा धेरै मानिस जम्मा भएका थिए । श्रीमती परपुरुषसित लागेको भन्दै थिए पति । अरुसँग फोन सम्पर्क हुने गरेको पत्ता लगाएर अघिल्लो दिनै श्रीमतीलाई भकुरेछन्, आँखै सुन्निने गरी । दुई बच्चा छन् । भोलिपल्ट बिहान छिनोफानो गर्न छरछिमेक भेला भए । छलफलमा श्रीमती त्यही केटालाई भिडाउने तथा दुवैलाई प्रहरीकहाँ पु¥याउनेसम्म कुरो चल्यो । पछि त्यहीँ कागज गरेर मिलाए । अर्काकी पत्नीसित लागेको भनिएका ती केटाको पनि केही महिनाअघि बिहे भइसकेको छ ।

महिलाहरू परपुरुषसित किन लाग्छन् ? पतिको व्यवहार चित्त नबुझेर, श्रीमान्को माया नपाएर वा भनौं लोग्ने परस्त्रीसित लाग्ने गरेको कारण ? लोग्ने पनि रक्सी खाएर होटलकी साहुनी तथा अर्काकी आइमाईलाई समात्दै हिँडेका देखिन्छन् । बाहिर काम गर्ने श्रीमान् आफू जति वटीसित लागे पनि घरकी श्रीमतीचाहिँ चोखै हुनुपर्ने ठान्छन् । छोरी–बुहारीकै अगाडि तौलिया मात्रै बेरेर बस्ने ससुराबाहरू छ्याप्छ्याप्ती देखिन्छन् । घरमा भन्दा बाहिरै रमाउने बाबुआमाका छोराछोरी नै बढी मात्रामा बिग्रिएका छन्, परिवारको भन्दा लागुऔषधको आफ्नै दुनियाँमा हराउने भएका छन् । कहीँ शरीर सँगै छ तर मन मिलिरहेको छैन ।

कोही मन मिले पनि तन टाढा हुँदा नजिकका पराइसित नजिकिएका छन् । वैदेशिक रोजगारीमा गएका श्रीमान्का श्रीमतीहरू यतैका अरू केटासित फरार भएका केस प्रहरीकोमा निकै आउने गरेको सई देवराज शर्मा बताउँछन् । पति–पत्नी एकसाथ नहुँदाको व्यथा अर्कै छ । घरमा सँगै हुँदासमेत सम्बन्ध राम्रो नहुनु वा भनौं दम्पतीमा मात्रै सीमित नहुनुको चर्काे पीडा छ । हे भगवान् ! के हो यो ? यति सुन्दर जीवन दियौ, अरू प्राणीभन्दा विवेकशील बनायौ तर बिहेपछि परपुरुष÷परस्त्रीसित मन नजाने किन बनाएनौ मानवलाई ?

– अजय गोर्खाली

टिप्पणीहरू