सशस्त्रका हाकिमहरु अकस्मात दिल्लीतिर हुरुरु

सशस्त्रका हाकिमहरु अकस्मात दिल्लीतिर हुरुरु

सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालको नेतृत्वमा गृह र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको एक टोली भारत भ्रमणमा जान लागेको छ । भारतीय सशस्त्र सीमा बलको निमन्त्रणामा तीन दिने दिल्ली भ्रमणका लागि टोली भोलि त्यसतर्फ उड्ने भएको हो ।

भ्रमण टोलीमा सशस्त्रको अप्रेसन हेर्ने एआइजी पुष्पराम केसी पनि सहभागी हुने बुझिएको छ । गृह र परराष्ट्रबाट सहसचिवस्तरीय प्रतिनिधित्व हुने बताइएपनि नाम भने सार्वजनिक गरिएको छैन ।

पर्सि अक्टोबर ५ तारिखको दिन नेपाल-चीन सीमा सन्धिको ६०औँ वर्ष पूरा हुँदैछ । पछिल्लो समय चीनसंगको सीमा समस्याका बारेमा अनेक चर्चा भैरहेका बेला सीमा सुरक्षाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीका महानिरीक्षक दिल्ली भ्रमणलाई निम्त्याइनुलाई कूटनीतिक क्षेत्रमा चासोका साथ हेरिएको छ ।सशस्त्र स्रोतले भने महानिरीक्षक थापाको दिल्ली भ्रमणलाई नियमित भ्रमण भनेको छ । हरेक वर्ष हुने भ्रमण यसपटक कोरोनाका कारण रोकिएको र भारतीय पक्षले अपर्झट बोलाएकाले भ्रमणको अवस्था बनेको स्रोतको भनाइ छ ।

भ्रमणका एजेण्डाबारे सशस्त्रले मुख खोलेको छैन । दुई देशका सुरक्षा निकायको तहमा छलफल हुने भएकाले भ्रमणका दौरान सीमा समस्यालगायत अन्य राजनीतिक विषयले प्रवेश नपाउने बताइएको छ।

भ्रमणमा दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका अधिकारीले समेत भाग लिने बताइएको छ ।

टिप्पणीहरू