बागलुङ पुग्यो एकीकृत समाजवादी

बागलुङ पुग्यो एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) बागलुङले जिल्लाव्यापी संगठन विस्तार अभियानलाई तीब्रता दिएको छ । संगठन विस्तारमा होमिएको सो पार्टीको प्रथम जिल्ला कमिटी बैठकले १५ सदस्यीय सचिवालय गठन गर्नुका साथै जिल्ला कमिटीका सदस्यहरूको जिम्मेवारीसमेत तोकेको छ ।

त्यस्तै, तीन महिनाभित्र जनवर्गीय संगठन गठन गरिसक्ने निर्णय पनि वैठकले गरेको वैठकपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । बागलुङ सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा पार्टी विभाजनको औचित्य सावित गर्ने गरी संगठन निर्माणलाई तीब्रता दिने निर्णय भएको बताइएको छ ।

ठूलो पार्टी भएर पनि एमाले आफ्नो जिम्मेवारीबाट भागेकाले बिद्रोह गर्नुपरेको जिल्ला अध्यक्ष लालबहादुर थापाले बताउनुभयो । उहाँले परिवर्तनको मुद्दामा मत मिल्ने शक्तिसँग गठबन्धन गरी आगामी निर्वाचनमा बलियो शक्ति बनेर निस्कने दाबी पनि गर्नुभयो।

जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा पार्टी संगठन र जनवर्गीय संगठन विस्तार गर्ने प्रथम बैठकको निर्णय सचिव भरत पुरीले सुनाउनुभयो ।

बैठकले अध्यक्ष थापाको नेतृत्वमा १५ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ ।

टिप्पणीहरू