१४ बर्षदेखि लागेकी ती लडाकूको यात्रा: कालिकोटदेखि क्रान्तिकारी कमाण्डरसम्म

१४ बर्षदेखि लागेकी ती लडाकूको यात्रा: कालिकोटदेखि क्रान्तिकारी कमाण्डरसम्म

माओवादी विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अध्यक्षमा पञ्चा सिंह तोकिएकी छन् । आज बिहान खुमलटारमा पार्टी अध्यक्ष प्रचण्ड र क्रान्तिकारीका नेताहरुबीच भएको छलफलपछि सिंहको नाममा सहमति जुटेको हो ।

यसअघि आकांक्षी धेरै हुँदा क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले अध्यक्षमा सहमति जुटाउन नसकेपछि पार्टीलाई जिम्मा लगाइएको थियो । माओवादी केन्द्रको हिजो दिउँसो बसेको स्थायी कमिटी बैठकले अध्यक्ष प्रचण्डलाई सोको जिम्मा दिएको हो ।

सिंहलाई अध्यक्ष र उपराष्ट्रपति पुत्र दिपेश पुनलाई महासचिव बनाउने गरी अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच सहमति जुटेको बताइएको छ । एक विद्यार्थी नेताले दिएको जानकारीअनुसार अध्यक्षका अन्य आकांक्षीलाई पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन प्रचण्डले दिनुभएको छ ।

जारी २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट सिंहलाई क्रान्तिकारीको अध्यक्ष घोषणा गर्ने तयारी छ । कालीकोटकी सिंह १४ वर्षको उमेरमै जनयुद्धमा लागेकी थिइन् । रञ्‍जित तामाङ नेतृत्वको अहिलेको कमिटीमा उपाध्यक्ष रहेकी उनी ०५९ सालदेखि विद्यार्थी राजनीतिमा लागेकी हुन् ।

टिप्पणीहरू