यसरी सकिँदैछ एमालेको विधान महाधिवेशन

यसरी सकिँदैछ एमालेको विधान महाधिवेशन

गत शुक्रबारदेखि गोदावरीमा शुरु भएको एमालेको विधान महाधिवेशन आज अपरान्ह सकिँदैछ । हिजो १० वटा टोलीले गरेको छलफलको निश्कर्षमध्ये आज ७ टोलीले सुनाउने कार्यक्रम छ ।

आज बिहानदेखि एमाले प्रतिनिधिहरुलाई ललितपुरको सातदोबाटोबाट सवारी साधनमा हालेर अधिवेशनस्थलसम्म पुर्याइँदै छ । हिजो बिहान पनि यस्तै गरिएको थियो ।

बिहान सवा ९ बजेदेखि सात वटा समूहले हिजोको छलफलको निश्कर्ष सुनाउने कार्यसूची राखिएको छ ।

आजै बिहान साढे ११ बजे अधिवेशन हलमा अन्य पार्टीबाट एमाले प्रवेश गरेकाहरुलाई औपचारिक घोषणासहित स्वागत गर्ने कार्यक्रमसमेत राखिएको छ ।

१२ बजेदेखि दिउँसोको खानाको कार्यक्रम र २ बजेपछि राजनीतिक, सांगठानिक र विधान संशोधन प्रतिवेदन प्रस्तोता क्रमशः अध्यक्ष ओली,महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेलले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको बताइन्छ ।

अपरान्ह ४ बजे अध्यक्ष ओलीले आफ्ना कुरा राखेपछि विधान महाधिवेशन सकिएको घोषणा हुनेछ ।

टिप्पणीहरू