एकीकृत समाजवादीको संगठन जापान पुग्यो

एकीकृत समाजवादीको संगठन जापान पुग्यो

नेकपा (एकीकृत समाजवादी) ले प्रवासमा समेत आफ्नो संगठनलाई बिस्तार गरेको छ । यस क्रममा प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च जापानको राष्ट्रिय संगठन कमिटी गठन भएको छ ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा प्रवास इञ्चार्ज श्रीप्रसाद साहको प्रमुख आतिथ्यमा भएको भेलाले सागर रिजालको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेको हो । कार्यक्रममा बोल्दै इञ्चार्ज साहले वर्तमान राजनैतिक परिस्थिति र समाजवादी आन्दोलनमा प्रवासी संगठनको भूमिका र दायित्वबारे प्रकाश पार्नुभएको थियो ।

उहाँले नवनिर्वाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सबैलाई इमान्दार र कर्तव्यनिष्ठ भई काम गर्न निर्देशन दिनुभयो ।

कमिटीका उपाध्यक्षहरुमा चिन्तामणि आचार्य,भोजराज भण्डारी,द्रोण सिलवाल,भीम न्यौपाने,प्रकाश महरा छन् । महासचिवमा तिलक दाहाल, उपमहासचिवमा टक्कर कुँवर, सचिवद्वयमा सचिन नेम्वाङ्ग,हरि लामिछाने र कोषाध्यक्षमा श्रीकृष्ण अर्याल चुनिएका छन् ।

त्यसैगरी सचिवालय सदस्यमा माधव आचार्य र सदस्यहरूमा लक्ष्मी पाण्डे, इन्दिरा कोइराला,रतन बोहोरा,राज सापकोटा, मुकुन्द भण्डारी, भुवन घिमिरे, सुरेन्द्र थापा, रत्ना कुँवर, हिमांशु सिंह ठकुरी, विश्वास न्यौपाने, जनकराज मण्डल,प्रदीप अर्याल, शिक्षा सत्याल,नृप कुँवर, प्रल्हाद अधिकारी, नरेन्द्र भण्डारी, सन्दिप खत्री, मानबहादुर महरा,उद्धव अर्याल, कृष्णप्रसाद धमला, मुक्ति चापागाईं, नकुल तिमल्सिना र मदन कोइराला छानिएका छन् ।
मञ्चलाई सल्लाह र सुझाव प्रदान गर्न सल्लाहकारको जिम्मेवारी कृष्ण खड्का, दिनेशराज ज्ञवाली र सागरमणि भण्डारीले पाएका छन् ।

तत्कालीन प्रवासी नेपाली मञ्चका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा भएको कमिटी घोषणा कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका अध्यक्ष राजनकुमार बस्नेतको समेत उपस्थिति थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि साहले सपथ गराउनुभएको हो ।

टिप्पणीहरू