प्युठानमा बसको ठक्करले पैदलयात्रु ठहरै

प्युठानमा बसको ठक्करले पैदलयात्रु ठहरै

प्युठानमा आज दिउँसो एउटा बसले पैदल यात्रुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । प्युठानको मल्लरानी गाउँपालिका ४, घलडाँडामा भएको घटनामा प्युठान नगरपालिका १० बडहरा घर भई स्थानीय टुँदीखर्क बस्ने ५२ वर्षका हुकुम नेपालीको ज्यान गएको हो ।

भालुबाङबाट चुजाठाटी जाँदै गरेको ना. ४ ख ५१९४ नम्बरको बसले नेपालीलाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको हो । ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिइएको छ । चालक मल्लरानी गाउँपालिका ४, ठाडोगल्ली बस्ने ४५ वर्षका यामलाल श्रेष्ठ भएको प्रहरीले बताएको छ ।

शवलाई साँझ पोष्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवार पुर्याइएको छ ।

टिप्पणीहरू