चुलोमा स्प्रिट सल्किँदा आगो दनदनी

चुलोमा स्प्रिट सल्किँदा आगो दनदनी

खाना पकाउने क्रममा चुलोमा रहेको स्प्रिटको बोतलमा आगो सल्केर आगलागी हुँदा चार वर्षीय बालिकाको ज्यान गएको छ । चितवनको बारा आदर्श कोतवाल गाउँपालिका-७ बेलवा टोलका बुनीनेसा मिया हवाडीको घरमा आगलागी हुँदा उनकी ४ वर्षीया छोरी समिना खातुन हवाडीको मृत्यु भएको हो ।

आगलागीमा परी गम्भीर घाइते भएकी समिनाको नयाँ मेडिकल कलेज भरतपुर हुँदै कीर्तिपुरस्थित बर्न अस्पताल थप उपचारको क्रममा मृत्यु भएको हो । आगलागीमा परी घाइते भएका बुनीनेसा मियालगायत अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भुसको चुलोमा खाना पकाउने क्रममा अचानक नजिकै रहेको स्प्रिटको बोतलमा आगो सल्किन गई आगलागी भएको बताइएको छ ।

टिप्पणीहरू