राष्ट्र बैंक नै मिलेपछि सक्किगोनी

शान र दामको निम्ति निकै आकर्षक मानिने बैंकिङ क्षेत्रको सिइओ पदमा हानथाप हुन थालेको छ । मर्जरपश्चात् बैंकहरूको संख्या क्रमशः घट्दै गएपछि सिइओ फालाफाल हुन थालेको हो । बैंकबीच सिइओे तान्ने र फाल्ने खेल प्रारम्भ भएको अवस्थामा नेपाल राष्ट्र बैंकका ठूलाबडाले समेत उक्त खेलमा मिलेमतो गरेको आशंका छ । 

केही समय अघिसम्म बैंकर्स संघ अध्यक्ष र एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका सशिन जोशीले चार वर्षका लागि नियुक्ति लिएको नबिल बैंकबाट दुई वर्षमै हात धुनुपर्ने भएको छ । उता, ८ वर्ष बसेर अनिल शाहले नबिल फर्कन चाहेपछि जोशीले पनि सबै हत्कण्डा प्रयोग गरेको आरोप लागेको छ ।

जोशीले राष्ट्र बैंकका एकजना डेपुटी गभर्नर आफ्नै नजिकको नातेदार भन्दै र उनैका अनन्य मित्र कार्यकारी निर्देशक नारायणप्रसाद पौडेललाई प्रभावमा पारेर शाहलाई नबिलमा तत्काल नियुक्ती लिन अप्ठेरो पर्नेगरी पुस १४ गते एउटा निर्देशन जारी गराइदिएका छन् । अघिल्लो दिनको मिति राखेर । पुस १३ गतेको मिति राखिएको उक्त निर्देशनको सम्पूर्ण प्रक्रिया नै भोलिपल्ट मात्र पु¥याइएको थियो । १४ गते शुक्रबार अपराह्नसम्म पौडेल १० जना अधिकृतलाई थापाथलीमा पूर्वसेवाकालीन तालिम दिइरहेका थिए ।

नबिल बैंक सञ्चालक समितिको अघिल्लो दिउ“सोको बैठकले शाहलाई फागुन ५ गतेदेखि लागू हुनेगरी सिइओेमा नियुक्त गर्ने प्रस्ताव पारित गरेको जानकारी जोशीले पनि भोलिपल्ट मात्र थाहा पाएका थिए । लगत्तै उक्त निर्णयलाई प्रभाव पार्नेगरी पौडेलले अघिल्लो दिनको मिति राखेर शुक्रबार जारी गरेको सिइओेसम्बन्धी निर्देशनमा सिइओेको शितांग अवधि (ऋययष्लिन एभचष्यम) तोकिएको छ । 

यसअघि पौडेलमार्फत जारी बैंकहरूले विदेशबाट प्राप्त गर्ने पुरस्कार तथा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाका अधिकारीहरूबाट हुने गरेको विदेश भ्रमणमा रोक लगाउनेसम्बन्धी निर्देशन पनि अमुक व्यक्तिको आग्रहमा आएको आरोप लागेको छ । 

टिप्पणीहरू