हेल्मेटमा राखेर नेपाल-भारत पैसा वारपार

हेल्मेटमा राखेर नेपाल-भारत पैसा वारपार

हुण्डी कारोबारमाथि कडाई हुन थालेपछि वीरगन्जका कारोवारीले नयाँ जुक्ति निकालेका छन् । उनीहरुले हेलमेटभित्र पैसा लुकाएर रकम ओसारपसार गर्न थालेका हुन् । पर्साको वीरगञ्ज महानगरपालिका २५ सिर्सियाबाट मोटरसाइकलमा सवार ३ जनाले हेलमेटमा पैसा लुकाएर हुण्डी कारोबार गर्ने गरेको खुलेको हो ।

धोविनी गाउँपालिका-३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेल,भारत पूर्वी चम्पारण थाना कंगेली १ बसतपुरका २५ वर्षीय बिक्रम पटेल र भारतको मोतिहारी थाना पलनवा भेलहीका २९ वर्षीय मुकेश पटेलले लगाएको हेल्मेटभित्र स्रोत नखुलेको १५ लाख ५० हजार नेपाली रुपैयाँ प्रहरीले बरामद गरेपछि हुण्डी कारोबारीको नयाँ आइडिया बाहिरिएको हो ।

हुण्डी कारोबार भइरहेको भन्ने सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजतलास शुरु गर्दा उनीहरु रकमसहित समातिएको प्रहरीले बताएको छ । मोटरसाइकलसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

रकम ओसार्न उनीहरुले ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरको मोटरसाइकल प्रयोग गरेका थिए ।

टिप्पणीहरू