लाखौंको भन्सार छलीका सामानसहित मध्यराति ट्रक समातियो

लाखौंको भन्सार छलीका सामानसहित मध्यराति ट्रक समातियो

हिजो मध्यरात वीरगञ्जमा भन्सार छलेर ल्याइएको सामान र ट्रक समातिएको छ । भन्सारबाट छुटेको ना.८ ख १६३९ नम्बरको ट्रकलाई सशस्त्र प्रहरीको टोलीले अनुगमन गर्दा साढे २७ लाखको सामान भन्सार नतिरी ल्याइएको फेला परेको हो ।

बिल र बिजकभन्दा फरक सामान भएको उक्त ट्रकमा मोबिल, हार्डवेयरका सामान,केमिकल थिए । तर, बिल र बिजकमा फरक र सस्तो खालका सामान रहेको उल्लेख थियो । भन्सार नजिकै खटिएको सशस्त्र प्रहरी बलको १३ नम्बर गण पर्साले गरेको छड्के जाँचमा उक्त रहस्य खुलेको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मलकुमार थापाको नेतृत्वमा खटिएको नौ जनाको टोलीले वीरगञ्जबाट भन्सार छलेर निस्केको उक्त ट्रक र सामानलाई नियन्त्रणमा लिएको हो । राति नै सामान र ट्रकलाई राजश्व अनुसन्धान कार्यालय,पथलैया पठाइएको थियो ।

टिप्पणीहरू