​दलालहरू धम्क्याउँछन् दनादन

नयाँ सरकार बन्ने टुंगो छैन । म्याद पुगेर सरुवा हुन नसकेका कार्यालय प्रमुखहरू नयाँ सरकार पर्खी बसेका छन् । तर, प्रहरीभित्र भने रमाइलो हुन थालेको छ । एसपी सहकुलबहादुर थापा छिमेकी जिल्ला भक्तपुरका हुन् । ब्याची एसएसपी धीरजप्रताप सिं संघीय प्रहरी इकाइ बाग्मतीमा छन् । 

सहकुलले स्थानीय र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराए । तर, काभ्रेमा डिएसपी हुँदा माओवादी आन्दोलन दबाउन महŒवपूर्ण भूमिका खेल्ने प्रदेश ३ एआइजी केशरीराज घिमिरेले उनलाई झिटीगुम्टा कस्न चेतावनी दिएका छन् । 

दैनिक ५ सयभन्दा धेरै टिपर १० टनभन्दा धेरै भारवहन बोकेर दौडँदा नरोक्नेले भकुण्डेस्थित ८ वटा भट्टाको कच्चामाल ल्याउने १२ चक्के गाडी र व्यवसायीले लैजाने डण्डी र सिमेन्टको गाडी रोक्न खोजेका छन् । टिपरले भन्दा १२ चक्के ट्रकले सडकको क्षति कम गराउँछ । प्राविधिकले पनि भकुण्डेसम्म जाने त्यस्ता गाडी धुलिखेलबाट प्रवेश दिएर ८ किलोमिटर पर काभ्रे भञ्ज्याङमा रोक्नुको रहस्य बुझ्न सकेका छैनन् ।

व्यवसायीसँग सीधै पैसा बार्गेनिङ गर्नमा कानपुर घर भएका वीरेन्द्र श्रेष्ठ र भकुण्डे घर भएका कृष्णहरि आचार्य सक्रिय छन् । उनीहरूले सडकको किङ आफू भएको बताउँदै हाकिमलाई केही लाख रकम दिने बताउँदै व्यवसायीसँग पैसा असुल्न थालेका छन् । हरेक दिन १२ चक्के गाडीबाट पल्टी गर्दा व्यवसायी आजित भएर मासिक २४ लाख दिन झन्झट मान्दैनन् । हाकिमको नाम बेच्दै आचार्य र श्रेष्ठले उच्च पदका व्यक्तिसँगको रकम मिटर ब्याजमा चलाइरहेका छन् । १ करोड पर्ने गाडी वीरेन्द्रले १० लाख रुपैयाँमै पच बनाइदिने गरेका छन् । 

उनीहरूले थापा थरकै एसपी ल्याएर सहकुललाई दुरदराजमा पठाउने चेतावनी दिन थालेका छन् । काभ्रे भञ्ज्याङमा कार्यरत असई रामनारायण श्रेष्ठलाई अञ्चल तानेर केही दिन कारबाहीको नाटक देखाउने षड्यन्त्रबारे कसैले बोल्न सकेको छैन । उता, दोलालघाटमा भइरहेको अवैध बालुवाखानीमा समेत प्रहरी प्रशासनको हात रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । खोलामा ४० लाख लगानी गरेको बताउने युवाको एउटा समूहले बालुवा निकाल्न स्काभेटर प्रयोग गरेका छन् । स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको भए पनि दोलालघाटमा खुलेआम त्यस्तो भइरहँदा प्रहरी मुकदर्शक बनिरहेको छ ।

टिप्पणीहरू