भारतबाट अपहरित किशोरको २ घण्टाभित्रै नेपालमा उध्दार

भारतबाट अपहरित किशोरको २ घण्टाभित्रै नेपालमा उध्दार

भारतबाट हिजो असोज १५ गते राती ९ बजे अपहरणमा परेका २२ वर्षीय भारतीय ठिटोलाई २ घण्टाभित्रै सकुशल उध्दार गरिएको छ । भारतको मधुवनी ग्रामपञ्चायत बस्ने सत्यनारायण साहका छोरा शंकरकुमार साह हिजो राती अपहरणमा परेका थिए ।

अज्ञात समूहले उनलाई अपहरण गरी सीमानातर्फ लगेको विशेष सुराकीको आधारमा रामनगर बिओपीको सशस्त्र प्रहरी टोलीले उनको २ घण्टा नबित्दै उद्धार गरेको हो ।

भारतीय नागरिकले दिएको जानकारीको आधारमा सशस्त्र प्रहरीका सहायक निरीक्षक लालबहादुर खड्काको कमाण्डमा सप्तरीबाट सात जनाको पैदल टोली गस्तीमा गएको थियो ।

टोलीले बलान बिहुलस्थित रामनगर कोदरकट्टीमा साहलाई फेला पारेको हो । खुट्टामा साङ्लोले बाँधी लडाएर राखिएको अवस्थामा झाडीमा साह फेला परेका थिए ।

खोजतलासको क्रममा अपहरणकारीले प्रयोग गरेको नेपाली 9811737620 नम्बरको सिमकार्ड सहित ITEL कम्पनीको मोबाइलसहित फेला पारेर थप कार्वाहीको निम्ति राती पौने १२ बजे नेपाल प्रहरीलाई बुझाइएको बताइन्छ ।

टिप्पणीहरू