​सरलाई के भा’को यस्तो ?

  • कुसुम भट्टराई

यो देशमा एक जना छुच्चा लेखक छन्, जो आफूलाई चित्त नबुझेको विषयमा हेक्का नराखी लेख्ने गर्छन् । एउटा सन्तुलित, विवेकशील, जिम्मेवार र जनपक्षीय लेखकले जनताको बलिदानबाट स्थापित राष्ट्रपति पदको गरिमामा आँच पु¥याउने खालको टिप्पणी पक्कै गर्र्दैन । यहाँ उल्लेख गर्नसमेत नमिल्ने त्यो टिप्पणी कुनै ट्यापे गुण्डा या सोमत नभएको खलासीको मुखबाट निस्कनेस्तरको छ । सन्की, अभद्र, असभ्य आदि शब्द पनि त्यसका लागि कमै हुन्छ । 

यस्तो काम दुईथरी तत्वले मात्र गर्न सक्छन् । एक प्रतिगामी शक्ति जसलाई नेपाली जनताले ल्याएको यो परिवर्तन पटक्कै मन परेको छैन । नारायणहिटीमा राजा देख्न चाहनेहरूलाई शीतल निवासमा जनताको छोरी राष्ट्रपति भएको मन नपर्नु स्वाभाविकै हो । अर्कोथरी विदेशी तत्व छन्, जसलाई नेपालको परिवर्तन प्रक्रिया नै मन परिरहेको छैन । वामपन्थी शक्तिको व्यक्ति राष्ट्रपति भएको पनि पचेको छैन । यी दुईमध्ये संग्रौला सर कुन कोटिमा पर्छन् ? त्यो पाठकले नै छुट्ट्याउन् । 

जसै मुलुकमा वाम गठबन्धन भयो, तब संग्रौला सर छटपटिन थालेका छन् । वाम गठबन्धनका उम्मेदवारको तेजोबध गर्ने, वाम एकताकै विरोध गर्ने, कांग्रेसका उम्मेदवारको पक्षमा भोट माग्दै हिँड्नेलगायत भूमिका देख्दा उनी ‘दाम बुद्धिजीवी’ हुन् भन्ने लाग्छ । 

ख्वामितहरूले नाकाबन्दी थोपर्दा संग्रौला सरलाई कुनै लेख फुरेन । संविधान जारी भइसकेपछि बल्ल–बल्ल मुलुकमा नयाँ निर्वाचनको माहोल बन्यो । ख्वामितहरूले यहाँ चलखेल गरिरहने हँुदा स्थिर सरकारका लागि वामपन्थीहरू एकढिक्का भए । जसै एमाले र माओवादीबीच एकताको लहर सुरु भयो, गाथमा फेरि आराम फर्माएन ।

सरले एमालेसँग एकता गर्ने निर्णयप्रति माओवादीको चर्को आलोचना गर्दै लेखे, ‘प्रचण्ड नांगै नाच्दा पनि ताली बजाउने हनुमानहरूको फौज जो छ । हिजो रूख चढ्न लगाए, आज सूर्यमा हामफाल्न भन्दै छन् । चु…चु…चु..हनुमानहरूको जुनी ।’

कुनै बेला प्रचण्डलाई ‘क्रान्तिका महानायक’ भनेर लेख्न पछि नगरेका सरले लेखे, ‘छोरीलाई मेयरनी बनाइछाडे, प्रकाश्या स्वास्नी, प्रकाश्या भेना, प्रकाश्या काका सबैलाई सांसदको टिकट । जय ज्वाइँवाद, जय बुहारीवाद । ’

चुनावको परिणाम आएछ । केपी ओलीलाई ‘उखान टुक्का छाँट्नबाहेक एउटा प्राविको शिक्षक बन्ने योग्यता नभएको फन्टुस’ भन्दै सरापे । 
चौतर्फी वामले जितेको बेला सिरहा–१ मा प्रदीप गिरीले जिते । यही खुशीको आवेगमा फेसबुकमा ठोके, ‘बधाई मित्र प्रदीपजी, अन्धवेगी प्रचारमा प्रदीप गिरी सामन्तको छोरो हो भन्ने गठेवामका ब्रोहरूको वैचारिक स्वास्थ्य सुध्रियोस् । जय नेपाल ।’

एक जना प्रदीप गिरीले जितेर मात्र हुने कुरा थिएन । प्रदीप ब्रोको पार्टीले हारिसकेको थियो ।

टिप्पणीहरू