​कमरेड देउवा !

गत चुनावकालीन ¦संग हो । ¦धानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले जहाँ गए पनि एउटै भाषण दिने गर्नुहुन्थ्यो– कम्युनिष्ट भनेका बडो डरलाग्दो हुन्छन् । तानाशाही हुन्छन् । एकपटक सत्तामा गएपछि कहिल्यै छाड्दैनन् । 

वाम एकतादेखि डराएर उहाँले यस्तो भाषण दिनुभएको होला । कम्युनिष्टहरूलाई गाली गर्ने अरू कुनै बहाना त थिएन । हुनु पनि कसरी ? सरकारमा उहाँ आफैं बस्नुभएको थियो । जम्बो मन्त्रिमण्डल उहाँले नै बनाउनुभएको थियो । भ्रष्टाचार उहाँले नै गर्नुभएको थियो । कार्यकर्तालाई पैसा उहाँले नै बाँड्नुभएको थियो । जम्मै काला कर्तुत आफू गर्ने, अनि गालीचाहिँ कम्युनिष्टलाई दिने ? यो त मिल्ने कुरै भएन । त्यही भएर उहाँले कम्युनिष्टहरू अधिनायकवादी हुन्छन्, सत्ता छाड्न मान्दैनन् भन्नुभएको होला । 

तर के थाहा, चुनावपछि उहाँ आफैं कम्युनिष्ट बन्ने स्थिति रहेछ । प्रधानमन्त्री शेरबहादुर देउवा कहिलेदेखि कम्युनिष्ट बन्नुभयो हँ ? कहीँ भेट भयो भने त म सोध्छु सोध्छु – देउवा कमरेड, तपाईंको कम्युनिष्ट पार्टीचाहिँ कुन हो नि ? 

टिप्पणीहरू