देउवा असक्षम हुन्,अब म अघि सर्छु : नेता सिंह

देउवा असक्षम हुन्,अब म अघि सर्छु : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सभापति शेरबहादुर देउवा असक्षम भएकाले आसन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने दाबी गर्नुभएको छ।

सभापति देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै उहाँले पार्टी नेतृत्व परिवर्तन गरेर काँग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको हो । काठमाडौं महानगरपालिका अधिवेशनको आज उद्घाटन गर्दै उहाँले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने बताउनु भयो ।

नेता सिंहले नेपाली जनताले भरोसायोग्य काँग्रेसको नेतृत्व चाहिरहेको पनि उल्लेख गर्नुभयो । मुलुकलाई कम्युनिष्टहरुको कहरबाट बचाउन काँग्रेसको पार्टीजीवनमा आमूल परिवर्तन आवश्यक रहेको उहाँको भनाइ छ ।

नेता सिंहले पार्टी सभापतिमा आफ्नो दावी स्वभाविक हुने पनि बताउनुभयो । सभापतिमा आफू कुन कारणले अयोग्य छु ? भनेर कन्भिन्स गर्न सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग उहाँले प्रश्न गर्नुभयो ।

टिप्पणीहरू