​न मेल, न मिलाप

यसपालि नेपाली कांग्रेको मेलमिलाप दिवस अनौठै ढंगले सम्पन्न भयो । भन्न त यसलाई मेलमिलाप दिवस भनियो तर दिवसमा न कतै मेल देखियो, न मिलाप । उल्टो अलग–अलग गुटले अलग अलग नै दिवस मनाएर ‘मेलमिलाप’ शब्दकै धज्जी उडाए । 

मैले कांग्रेसका एक पुराना नेतालाई यो हविगतबारे सोधेँ, ‘नेताजी, कांग्रेसले के गरेको यस्तो ?’

उहाँले आश्चर्य मान्दै सोध्नुभयो, ‘के ग¥यो ?’

मैले भनेँ, ‘मेलमिलाप दिवस भनेको छ, अलग अलग मनाइँदै छ । यो के हो ?’

¦श्न उहाँले नै राख्नुभयो, ‘कसरी मनाउनुप¥यो त ?’

मैले भनेँ, ‘मेलमिलाप दिवस भनेपछि मेल र मिलाप दुवै हुने किसिमले पो मनाउनुपथ्र्यो । यहाँ त मेल र मिलाप दुवै देखिएन ।’

उहाँले आँखाबाट चस्मा निकाल्नुभयो । कुर्ताको छेउले यसो पुछ्नुभयो । अनि पुनः आँखामा जडान गर्दै भन्नुभयो, ‘हेर्नोस्, कांग्रेसले यो मेलमिलाप दिवस मनाएकै मेलमिलाप नभएर हो ।’

‘मेलमिलाप नभएर ? अनि हुँदै नभएको विषयमा दिवस किन नि ?’ मैले अनायासै ¦श्नै राखेँ ।

उहाँले शान्त भावमा जवाफ फर्काउनुभयो, ‘मेलमिलाप छैन । त्यसैले मेलमिलाप चाहियो भनेर यो दिवस मनाएको । यदि, मेलमिलाप भएको भए दिवस मनाउनै पर्थेन । नभएर त मनाएको । अब आशा गरौं, मेलमिलाप दिवस मनाएपछि कांग्रेसमा मेलमिलाप आउँछ कि ?’

कांग्रेस नेताको आशावादले मलाई पनि आशावादी बनाइदियो । 

टिप्पणीहरू