एउटा युवकलाई नाङ्गेझार पारेर लुट्ने यी ४ युवती र ५ युवा

एउटा युवकलाई नाङ्गेझार पारेर लुट्ने यी ४ युवती र ५ युवा

काठमाण्डौमा एक जनालाई कुटपिट गरेर लुटपाट गर्ने नौ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका ९,गोंगबु शिवमन्दिर नजिकै गोरखा अजिरकोट गाउँपालिका ४ घर भई हाल सामाखुसी बस्ने २४ वर्षका अजय रेग्मीलाई कुटपिट गरेर उनको घाँटीमा लगाएको सुनको सिक्री र साथमा रहेको नगद लुट्ने नौ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दाङको घोराही नगरपालिका १६, घर भई हाल सामाखुसी बस्ने २१ वर्षका अनिल मगर, रुकुमको तकसेरा गाउँपालिका ४ घर भई मित्रनगर बस्ने ३० वर्षका सूर्य बूढा मगर र सिन्धुपाल्चोकको ठूलो पाखार घर बताउने टोखा नगरपालिका ९, लक्ष्मीनगर बस्ने २५ वर्षका विशाल केसी छन् ।

मोरङको बेलबारी नगरपालिका ४ घर भई हाल टोखा नगरपालिका ९ लक्ष्मीनगर बस्ने २७ वर्षका यमन राई, सुनसरी धरान घर भएका टोखा नगरपालिका ९ लक्ष्मीनगर बस्ने २२ वर्षीया प्रिया गुरुङ, काभ्रेपलाञ्चोक तामाघाट घर भएका तारकेश्वर नगरपालिका मनमैजु बस्ने २१ वर्षीया पूजा राई, कैलालीको सुखड नगरपालिका १ घर भई हाल टोखाको लक्ष्मीनगर बस्ने २२ वर्षीया सुषमा कार्की, काभ्रेपलाञ्चोक चौवास घर भई टोखा नगरपालिकाको कुलान्त मार्ग बस्ने २२ वर्षीया इस्मी कुँवर र काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका ४ घर भई हाल बाफल बस्ने ३२ वर्षका सुरज भट्टराई पनि पक्राउ परेका छन् ।

एक जनालाई लुट्न नौ जनाको प्रयोग ? भनेर सोधिएको जिज्ञासामा महाराजगञ्ज वृत्तका एक जना प्रहरीले भने, ‘कसैले छेक्ने, कसैले लुट्ने, कसैले बाटो ढुक्ने र कसैले वातावरण बनाउन उनीहरुको ग्याङ प्रयोग भएको देखिन्छ ।’

टिप्पणीहरू