दशैंको मुखमा गुरुहरुले तलब नपाएपछि ..

दशैंको मुखमा गुरुहरुले तलब नपाएपछि ..

दशैंको पूर्वसन्ध्यामा शिक्षकहरुले पछिल्लो एक वर्षदेखिको तलब र भत्ता माग गर्दै धर्ना र बिरोध कार्यक्रम गर्दैछन् । गान्धी आदर्श माध्यमिक विद्यालय,काँडाघारी (काठमाण्डौ) का शिक्षक तथा कर्मचारीले एक वर्षदेखि तलब भत्ता नपाएकाले आज बिहान ९ बजेदेखि ११ बजेसम्म विद्यालयमा कालोपट्टी सहित धर्ना दिन लागेका हुन् ।

आज नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकाको नगर अधिवेशन गर्दैछ । कीर्तिपुरको स्थानीय कृष्ण क्याटरिङमा र काठमाडौंको राष्ट्रिय सभागृहमा नगर अधिवेशन गर्न लागिएको हो ।

जनता समाजवादी पार्टी गोरखा–काठमाडौं सम्पर्क समितिले डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा दशैंलगायतका चाडपर्वको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । बिहान साढे ७ बजे मदर ब्याङ्क्वेट बनस्थलीमा कार्यक्रम हुन लागेको हो ।

मानव अधिकार तथा शान्ति समाजले अन्तर्राष्ट्रिय अहिंसा दिवसको उपलक्ष्यमा अहिले बिहान साढे ७ बजेदेखि साढे ८ बजेसम्म बौध्दमा प्रदर्शन गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले कागेश्वरी मनोहरा नगरपालिका नगर संगठन कमिटीको घोषणा गर्दैछ । सनसिटी पार्टी प्यालेस,काँडाघारीमा बिहानदेखि कार्यक्रम आयोजना गरिएको हो ।

नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रम सनराइज हल गोदावरीमा शुरु भएको छ ।

नेकपा (माओवादी केन्द्र) काठमाडौं महानगर १६ वडा कमिटीले ऊर्जामन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखेको छ । कार्यक्रम नयाँबजारको मल्टी भेन्युमा हुँदै छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा आज पनि सँधैझैँ धर्ना कार्यक्रम राखिएको छ । बिहान ९ बजेदेखि रौतहटका काँग्रेसीहरुले धर्ना राखेका हुन् । क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध उक्त कार्यक्रम राख्दै आएको सन्दर्भमा आज पनि हुन लागेको हो ।

काँग्रेस सर्लाही जिल्लामा पनि क्रियाशील सदस्यता वितरणमा धाँधली भएको बिरोधमा बसबरिया गाउँपालिका १ र क्षेत्र नम्बर ४ का कार्यकर्ताले हिजोदेखि धर्ना दिएका छन् । ७१ बर्षीय रामगोविन्द राय यादवको नेतृत्वमा उक्त धर्ना भएको हो ।

नेकपा (एकीकृत समाजवादी) जिल्ला संगठन कमिटी भक्तपुरले पार्टी महासचिव डा.बेदुराम भुसालको प्रमुख आतिथ्यमा जिल्ला पार्टी कार्यालय उद्घाटन एवम् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दैछ । कार्यक्रम बिहान ११ बजे पाण्डुबजार,सूर्यविनायकमा राखिएको जानकारी दिइएको छ ।

नेपाल तामाङ कलाकार संघको १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन होटल याङ्ग्रीमा बिहान ११ बजे हुँदैछ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यमा सम्पर्क समन्वय विशेष प्रदेश समितिले प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम आँगन पार्टी प्यालेस, ग्वार्को, ललितपुरमा बिहान ११ बजे राखिएको हो ।

भाडावाला सरोकार समाज नेपालको ललितपुर जिल्ला कमिटी पुर्नगठन कार्यक्रम पनि आजै तय भएको छ । कार्यक्रम बिहान साढे ११ बजे जुपिटर स्कुल, टुटेपानी, ललितपुरमा राखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर ७ ले आज शुभकामना कार्यक्रम राखेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना अध्यक्षको प्रमुख आतिथ्यमा दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम राखेको हो । कार्यक्रम दिउँसो १२ बजे राखिएको छ ।

टिप्पणीहरू