आज प्याड करविरुद्ध प्रदर्शन, भोलि स्यानिटरी प्याड वितरण

आज प्याड करविरुद्ध प्रदर्शन, भोलि स्यानिटरी प्याड वितरण

सरकारले स्यानिटरी प्याडमा गरेको कर बृध्दिको विरोधमा युथ काँग्रेस नेपालले आज दिउँसो माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ ।

प्याडमा लगाइएको कर हटाउनु पर्ने मागका साथ युथ काँग्रेसले दिउँसो ४ बजे बिरोध प्रदर्शन गरेको हो । युथ काँग्रेसका केन्द्रीय सदस्य मनोज पुरीको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा झण्डै दुई दर्जनको सहभागिता थियो ।

यस्तै आम युवाको टिमले भोलि लगनखेलमा निःशुल्क स्यानिटरी प्याड वितरण तथा जनचेतना अभियान कार्यक्रम गर्ने भएको छ ।

ज्वाला संग्रौलाको नेतृत्वमा दिउँसो २ बजे उक्त कार्यक्रममा सहभागी हुन र प्याड लिन सम्पूर्ण महिलालाई उपस्थितिको लागि आग्रह समेत गरिएको छ ।

टिप्पणीहरू