सल्यानमा जीपको ठक्करबाट २ किशोरी बिते

सल्यानमा जीपको ठक्करबाट २ किशोरी बिते

सल्यानमा जीपले ठक्कर दिँदा दुई जना किशोरीको ज्यान गएको छ । लु. २ च ५७०१ नम्बरको जीपको ठक्करबाट उनीहरुको ज्यान गएको हो । सल्यान,शारदा नगरपालिका ४ बस्ने २० वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपालीको ज्यान गएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको स्थानीय शारदा मेट्रो अस्पताल हुँदै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप उपचारको क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जीप अत्यधिक गतिका कारण अनियन्त्रित हुँदै सडक किनारमा बसिरहेका उनीहरूलाई ठक्कर दिएर सडकबाट १० मीटर तल खसेको थियो ।

चालक २५ वर्षीय टंकप्रसाद ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू