युरोपेली बजारमा कठोर बन्दै चीन

युरोपेली बजारमा कठोर बन्दै चीन

 विश्वमै पहिलो अर्थतन्त्र भएको मुलुक बन्ने दौडमा रहेको महाशक्ति राष्ट्र चीनले वस्तु आयात तथा निर्यातसम्बन्धी नयाँ आन्तरिक नीति अघि सारेको छ । अमेरिकासँग व्यापार युध्द झेलिरहेको उसले युरोपका देशमा वस्तु निकासीको नयाँ आन्तरिक नीति बनाएको हो ।

वर्तमान दुई ध्रुवीय विश्व व्यवस्थामा अमेरिकासँग निकट रहेको यूरोपियन बजारमा चिनियाँ सामान भने जति आपूर्ति नगरेर दबाब दिने रणनीतिका साथ चीनले यस्तो नीति अघि सारेको बताइन्छ ।

युरोपका बजारमा चिनियाँ सामानको अभाव बढाएर हाहाकार गराउने रणनीतिमा आधारित रहेको आन्तरिक नीति बनाइएको पश्चिमा सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यसका लागि उत्पादनमूलक उध्योगका कामदारहरुलाई हप्तामा चार दिनमात्र काम गर्ने नीति चीनले अख्तियार गरेको छ । यता,क्यानाडाबाट आयात हुने गाई तथा सुंगुरको मासु,भटमास र कोइलाको आयातसमेत घटाइएको छ ।

चीनले आयात घटाएपछि त्यहाँका उध्योगी-व्यवसायीहरु सरकारविरुध्द उत्रने र चीनविरोधी धारलाई कमजोर बनाउन सकिने चीनको बुझाइ रहेको बताइन्छ । यसअघि चीनले सुँगुरको मासु आयातमा प्रतिवन्ध नै लगाएको थियो ।

क्यानाडासँग चीनको लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको छ ।

टिप्पणीहरू