विद्यालयभित्रै विद्यार्थी असुरक्षित, भित्तो भत्कँदा ९ घाइते

विद्यालयभित्रै विद्यार्थी असुरक्षित, भित्तो भत्कँदा ९ घाइते

जाजरकोटमा पठनपाठन भइरहेको बेला विद्यालय भवन भत्कँदा नौ जना घाइते भएका छन् । आज बिहान साढे ११ बजेको समयमा वीरेन्द्र ऐश्वर्य प्राथमिक विद्यालयको बालशिक्षा भवनको पूर्वतर्फको भित्तो भत्कँदा एक जना शिक्षक र आठ जना विद्यार्थी गरी नौ जना घाइते भएका हुन् ।

जाजरकोटको बारेकोट गाउँपालिका २, लिम्सास्थित विद्यालय भवन वर्षातका कारण भत्किएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घाइते विद्यार्थीलाई सोही ठाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइएको छ । एक जना विद्यार्थी गम्भिर घाइते भएकाले जिल्ला अस्पताल जाजरकोट लगिएको छ ।

कोठाको भित्तो भत्किएपछि बालकक्षामा अध्ययनरत हिम्मत सिंह,स्मृति शाही,दिप्सन नेपाली, विजया शाही,अतिथ नेपाली, अनिशा शाहीलगायतका विद्यार्थी घाइते भएका छन् ।

टिप्पणीहरू