पशुपतिका बाबालाई खुकुरी हान्ने हतियारसहित पक्राउ

पशुपतिका बाबालाई खुकुरी हान्ने हतियारसहित पक्राउ

पशुपतिका बाबालाई छुरा प्रहार गरी फरार रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछाने हुन् ।

गते सोमबार बिहान पौने ६ बजेतिर पशुपतिस्थित विश्वरुपा मन्दिर जाने बाटो छेउको झाडीमा सन्तोष भन्ने बाबालाई लामिछानेले खुकुरी प्रहार गरी फरार भएको बताइएको छ ।

लामिछानेलाई आज बिहान ८ बजेतिर हेपालीहाइटबाट पक्राउ गरिएको हो । उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोलासमेत बरामद भएको छ ।

टिप्पणीहरू