कोरोनाले लग्यो थप १३ को ज्यान

कोरोनाले लग्यो थप १३ को ज्यान

गत २४ घण्टामा मुलुकभर १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार १ सय १३ जनामा पीसीआर तथा ३ हजार २ सय ५५ जनामा एन्टिजेन गरी १३ हजार ३ सय ६८ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै,सोही अवधिमा संक्रमणबाट १३ जनाको निधन भएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ । यसबीचमा ९ सय ३८ जना भने संक्रमणमुक्त भएका छन् ।

मुलुकभर अझै १८ हजार १ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १६ हजार ८ सय ८१ जना होम र १ हजार २ सय ३४ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये ३ सय ५४ जनाको आइसीयु र १ सय १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २ सय ४२ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू