यो कस्तो दादागिरी : आफूखुशी भाडा बढाउने,सडकमा गाडी छाड्ने

यो कस्तो दादागिरी : आफूखुशी भाडा बढाउने,सडकमा गाडी छाड्ने

आजबाट लागु हुनेगरी आफूखुशी भाडा बढाएका यातायात व्यवसायीहरुले प्रहरीले छड्के जाँच गरेपछि सडकमै सवारी साधन छाडेर हिँड्न थालेका छन् । एकतर्फी भाडा बृध्दि गरेको भन्दै प्रहरीले हस्तक्षेप गर्न थालेपछि पुरानै अडानअनुसार आफूहरुले सवारी साधन सडकमा छाडेर हिँड्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको व्यवसायीहरुको आरोप छ ।

आज प्रहरीले नयाँ बसपार्क, कोटेश्वर र सतुङ्गलमा भाडा बढी लिएको आरोपमा समान एक वटा गरी तीन वटा गाडीलाई नियन्त्रणमा लिएको बुझिएको छ । सवारी साधन नियन्त्रणमा परेलगत्तै सार्वजनिक यातायातका व्यवसायी तथा स्वःरोजगार मजदुर चालकहरुलाई सडकमा सवारी छाडेर आन्दोलनको लागि तयारी अवस्थामा बस्न आग्रह गरिएको छ ।

हिजोसम्म स्थानीय रुटको भाडा न्यूनतम २० रुपैयाँ रहे पनि आजबाट बढाइएको व्यवसायीहरुले बताएका छन् । यसैक्रममा ट्याक्सीले समेत भाडा बढाएर मीटरमा उठेको रकमभन्दा एक सय रुपैयाँ बढी तिर्नुपर्ने नियम तोकेका छन् ।

टिप्पणीहरू