ओली बोल्दाबोल्दै अस्वस्थ,शंकरले वाचन अघि बढाउँदै

ओली बोल्दाबोल्दै अस्वस्थ,शंकरले वाचन अघि बढाउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । आजदेखि शुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव वाचन गर्दागर्दै ओली अस्वस्थ हुनुभएको हो ।

आफूलाई रुघाखोकीले समस्या पारेको भन्दै ओलीले राजनीतिक प्रस्ताव वाचन गर्न स्थायी कमिटी सदस्य शंकर पोखरेललाई जिम्मा लगाउनुभएको छ ।

‘कमरेडहरु,यो राजनीतिक प्रस्ताव लामो छ । मलाई अलिकति रुघाखोकीले समस्या पारेकाले बाँकी प्रस्ताव पेश गर्न कमरेड शंकर पोखरेललाई जिम्मा दिन्छु’, ओलीले भन्नुभयो ।

टिप्पणीहरू