भारतबाट चितवनकी किशोरीको उध्दार,अझै मान्छे बेचिने जाेखिम उत्तिकै

भारतबाट चितवनकी किशोरीको उध्दार,अझै मान्छे बेचिने जाेखिम उत्तिकै

‘बिहेवारी २० वर्ष पारि’ भन्ने किन बुझ्दैनन् केटाकेटीहरु ? यसो मन पर्यो कि उमेर नपुग्दै भाग्छन् । जबकि,१८ वर्षमुनिकासित सहमतिमै यौनकार्य गरेपनि बलात्कारको अपराध ठहरिने कानुन छ । भोलि के होला,कसो होला भन्ने त सोच्दै नसोच्ने भए । अझ कोही कोही त देशै नाघेर जान पनि कस्तो नडराएका ! यसरी हिँड्दा बेचबिखनको शिकार भएर कैयौं नेपाली चेलीको जीवन बर्बाद भएकोतर्फ विचार गर्नुपर्ने होइन र ?

चितवन,रत्ननगरकी एक किशोरीलाई माइतीलगायतको जोडबलमा धन्न बेलैमा भारतबाट उध्दार गरी ल्याइएको छ । रत्ननगर नगरपालिका ११,लालीगुराँस टोल बस्ने १६ वर्षीया अमृता लामा (परिवर्तित नाम) गत साउन २७ गतेदेखि घरबाटै हराएकी थिइन् । कक्षा ८ मा पढ्ने छात्रा बेपत्ता भएको खबर माइती नेपाल र प्रहरीकोमा पुग्यो । खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय टाँडी र माइती नेपाल चितवनको कार्यालयमा किशोरीको घरपरिवारबाट निवेदन परेपछि तदारुकताका साथ खोजी भएको हो ।

,‘लभ पारेर बिहे गरी बेच्दिन पनि सक्छन्, प्रेमकै नाटक गरेर लान्छन् धेरैले । हामीले छिटै रेस्क्यु नगरेको भए उसको अर्कै प्लान पनि हुन सक्थ्यो’,

कल डिटेल रेकर्ड,फेसबुक, म्यासेन्जरसमेत अनुसन्धान गर्दा भारत हरियाणा राज्यको चण्ढीगढ आसपास क्षेत्रमा ज्च्छद्धम्छद्दद्धद्ध नं. को स्कुटरमा सवार भई उनी हिँडडुल गर्ने गरेको तथ्य पनि प्रहरीले पत्ता लगायो । साथै उनी आयुष बम ठकुरी भन्ने व्यक्तिको साथमा हरियाणातिरै रहेको बुझिन आएपछि उध्दारमा आवश्यक सहयोग गरिदिन प्रहरीले माइती नेपाल चितवनमा पत्राचार गरेको हो ।

त्यसपछि नेपाल–भारत दुवै देशका प्रहरी तथा केन्द्रीय अनुसन्धान ब्युरो,माइती नेपाल र दिल्लीस्थित माइती इण्डिया समेतको सक्रियतामा अमृतालाई भारतको गुडगाँवबाट उद्धार गरेर ल्याइएको माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले जानकारी दिएका छन् । गिरीका अनुसार उनी उक्त युवकसँगै डेरामा भेटिएकी थिइन् । असोज २ गते फेला पारेर ४ गते घर ल्याइपुर्याइएको किशोरीका पिता बताउँछन् ।

“सानैमा आमाले छोडेर गएकी, बाबुले पनि अर्की ल्याएर छोडी हिँडेपछि बिचल्लीमा परेकी भरतपुरकी १२ वर्षीया बालिकालाई अन्ततः माइती नेपालको काठमाडौंस्थित आफ्नै संरक्षण गृहमा पठाइने भएको छ ।

‘अहिले इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका २१ वर्षीय युवकमाथि अदालतमा मानव बेचविखनको मुद्दा चलाइएको छ’,माइती नेपालका गिरीले भने,‘लभ पारेर बिहे गरी बेच्दिन पनि सक्छन्, प्रेमकै नाटक गरेर लान्छन् धेरैले । हामीले छिटै रेस्क्यु नगरेको भए उसको अर्कै प्लान पनि हुन सक्थ्यो’, उनले थपे, ‘तर केटा सामान्य मजदुरी गर्दा रहेछन् । केटीमाथि दुर्ब्यवहार नै त भएको पाइएन । भाँडा माझेर पनि केटीलाई पाल्छु भनेको रहेछ । केटी अप्ठ्यारोमै परेकी होलिन् भन्ने लागेको थियो हामीलाई । अप्ठ्यारोमा त कोही पनि पर्न भएन । उसले बेच्न लगेको होइन, हामी बिहे गरेरै गएको हो भन्ने केटीको बयान छ ।’

यता,सानैमा आमाले छोडेर गएकी, पछि बाबुले पनि अर्की ल्याएर छोडी हिँडेपछि बिचल्लीमा परी माइती नेपाल चितवनको आवधिक गृहमा पुगेकी भरतपुरकी १२ वर्षीया बालिकालाई अन्ततः माइती नेपालको काठमाडौंस्थित आफ्नै संरक्षण गृहमा पठाइने भएको छ । कक्षा ६ मा पढ्ने बालिकालाई माइती नेपालले नै सञ्चालन गरेको टेरेजा एकेडेमीमा पठनपाठनको व्यवस्था मिलाउन लागिएको गिरीले बताएका छन् ।

– अजय गोर्खाली

टिप्पणीहरू