सेनापतिले राजदूतहरुलाई भेटेको भेट्यै

सेनापतिले राजदूतहरुलाई भेटेको भेट्यै

प्रधानसेनापति प्रभुराम शर्मासँग छिमेकी र मित्रराष्ट्रका कूटनीतिज्ञहरुले नियमित झैँ भेटिरहेका छन् । साउन २५ गते कायममुकायम सेनापति भएदेखि नै उहाँलाई भेट्न काठमाडौंस्थित आवासीय कूटनीतिज्ञहरु जंगी अड्डा पुग्ने गरेका हुन् ।

त्यसक्रममा हिजो शर्मासँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । हिजै उहाँले संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि सारा ब्यसोलो न्यानतीसँग पनि भेटवार्ता गर्नुभएको छ ।भदौ २४ गते ४४ औं प्रधान सेनापतिका रूपमा नेतृत्व सम्हाल्नु भएका शर्माले अस्ति बुधबार पाकिस्तानी कार्यवाहक राजदूत अदनान जावेद खानसँग र असोज ६ गते चिनियाँ राजदूत होउ यान्छीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।त्यसअघि भदौ १६ गते इजरायलका राजदूत हानान गोडरेलसँग र साउन २९ गते भारतीय राजदूत विनयमोहन क्वात्रासँग दुई मुलुक र दुई मुलुकका सेनाबीचको आपसी सम्बन्धबारे चर्चा भएको बताइन्छ ।

टिप्पणीहरू