बढ्यो स्थानीय रुटको भाडा, ट्याक्सीमा मीटरबाहेक १ सय थप गर्नुपर्ने

बढ्यो स्थानीय रुटको भाडा, ट्याक्सीमा मीटरबाहेक १ सय थप गर्नुपर्ने

यातयात व्यवसायीहरुले आजबाट लागु हुने गरी एकतर्फी रुपमा भाडा बढाएका छन् । अब शहरभित्र चल्ने सवारी साधनको न्यूनतम २० रुपैयाँको भाडामा २८ प्रतिशत थप गरेर २५ रुपैयाँ कायम गरिएको छ ।

व्यवसायीहरुले कतै धरपकड भए सवारी साधनलाई सडकमै छाड्ने चेतावनी दिँदै स्थानीय रुटको भाडा बढाएका हुन् । हिजोसम्म स्थानीय रुटको भाडा न्यूनतम २० रुपैयाँ थियो ।

यस्तै ट्याक्सीको भाडादर पनि बढाइएको छ । चक्रपथभित्र मीटरमा देखिएको रकममा एक सय रुपैयाँ र चक्रपथ बाहिर ३ किलोमिटरसम्म एक सय ५० रुपैयाँ बढी लिने भनिएको छ ।

चक्रपथ बाहिर ३ किलोमिटरभन्दा बाहिरको अवस्थामा चालक र यात्रुले आपसी सहमतिमा भाडा लिन र दिन सकिने बताइएको छ । यो भनेको चालकले माग गरेको रकम दिनुपर्ने अवस्था हो ।

टिप्पणीहरू