काठमाडौंका सिडिओमाथि एमाले अधिवेशन रोक्न खोजेको आरोप

काठमाडौंका सिडिओमाथि एमाले अधिवेशन रोक्न खोजेको आरोप

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आज जारी गरेको आदेश गम्भीर विवादमा तानिएको छ । कोरोना महामारी रोकथामको निम्ति भन्दै उपत्यका अन्य दुई जिल्ला ललितपुर र भक्तपुरका सिडियोलाई बाइपास गरेर जारी आदेश भोलिदेखि शुरु हुने एमालेको विधान महाधिवेशन लक्षित रहेको बताइन्छ ।

झण्डै ६ हजार प्रतिनिधिको भेला तीन दिनसम्म ललितपुरको गोदावरीमा हुँदैछ । आज काठमाडौंका सिडियोले एक्लै जारी गरेको आदेशअनुसार उपत्यकामा सभा,गोष्ठी,सेमिनार,भेला र आमसभा गर्न रोक लगाइएको छ ।

यसअघि सँधै तीन वटै जिल्लाका सिडियोको संयुक्त बैठकपछि मात्र निषेधाज्ञा वा आदेश जारी हुँदै आएको थियो । तर,हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारीले राजनीतिक निर्देशनमा एक्लै आदेश जारी गरेको एमालेले आरोप लगाएको छ ।

काठमाडौंको सिडियोको पछिल्लो हर्कतले सरकारसमेत अप्ठेरोमा पर्ने भएपछि अहिले अबेर गृह मन्त्रालयले उक्त आदेशको खण्डन गर्दै विज्ञप्ति निकाल्ने तयारी गरेको हो । विकल्पमा गृह प्रवक्ताबाट सिडियोको आदेशको खण्डन गर्ने तयारीसमेत भएको बताइन्छ ।

टिप्पणीहरू