खातामा पैसा छैन,चेक दिनलाई खसखस

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जान्दाजान्दै झुक्यानमा पारी सिटिजन्स बैंकको १० लाख रुपैयाँ बराबरको चेक दिने काठमाडौँका नारायणभक्त संगतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले समातेको छ ।

गत वर्षको माघमा खातामा पैसा नभएको चेक भिडाएर फरार रहेका उनलाई प्रहरीले आज सिफलबाट पक्राउ गरेको हो ।

नारायणभक्तलाई बैंकिङ कसूरअन्तर्गत मुध्दा चलाइएकोमा उच्च अदालत पाटनले २०७७ साल माघ २७ गते पाँच दिन कैद र १० लाख जरिवानाको फैसला सुनाएको थियो । त्यसबेलादेखि नै उनी फरार थिए ।

टिप्पणीहरू