अमेरिकामा खोप लगाउन नमान्ने सबै बर्खास्त

अमेरिकामा खोप लगाउन नमान्ने सबै बर्खास्त

अमेरिकाको युनाइटेड एयरलाइन्सले कोरोना विरुद्धको खोप लगाउन अस्वीकार गर्ने कर्मचारीहरुलाई भटाभट जागिरबाट निकाल्न थालेको छ ।

अगष्ट महिनाको शुरुमा कर्मचारीहरुले उक्त खोप लगाएको प्रमाण पेश गर्नु पर्ने आवश्यक र अनिवार्य व्यवस्था गरिएको थियो । तर दुई महिनासम्म पनि खोप लगाउन आनाकानी गरेका ६ सय कर्मचारीलाई एअरलाइन्सले बर्खास्त गर्न लागेको हो ।

एयरलाइन्सका अनुसार ६७ हजार कर्मचारीले अहिलेसम्म खोप लगाइसकेका छन् । अगष्टमा युनाइटेड एअरलाइन्स आफ्ना कर्मचारीलाई कोरोनाविरुद्धको खोप अनिवार्य रुपमा लगाउनुपर्ने नियम बनाउने पहिलो अमेरिकी कम्पनी थियो ।

टिप्पणीहरू