​कम्युनिष्ट एकतामा दाउपेचको कथा

भारतीय सञ्चारमाध्यम र उतैका कतिपय नेताले प्रचण्डको आगमनमा ‘हमारा आदमी आ गया’ भनेका थिए ‘ ।दिल्लीका आदमी’ देउवा–प्रचण्डले शान्तिप्रक्रिया, संक्रमणकालको अन्त्य र विकासका लागि कांग्रेस–माके गठबन्धन लामो समयसम्म जारी रहने प्रतिबद्धता जनाएकै हुन् । माके–कांग्रेसले आफू शान्ति प्रक्रियाको मुख्य शक्ति भएको र यी दुई दल नमिलीकन शान्तिप्रक्रिया पूरा नहुने बताएका थिए । त्यही नारा जनसमक्ष पेश गरेर यी दुई दल स्थानीय तहको चुनावमा गए । तर, चितवनबाहेक अन्यत्र कांग्रेसको मत माओवादी केन्द्रलाई गएन । कांग्रेसको मत वामपन्थीतिर लैजान नेताको आदेश मात्र पर्याप्त थिएन ।

मतपरिणाम सोचेजस्तो आएन । जनयुद्धको आधारक्षेत्र र बलियो पकड भनिएका रोल्पा, रकुममै कांग्रेस–एमाले बलियो देखिए । त्यसले प्रदेशसभा र केन्द्रीय सभाको चुनावमा प्रचण्ड समूहको बेहाल हुने संकेत आयो । चितवनमा कांग्रेस र प्रचण्ड समूह मिल्दा पनि एमालेलाई जित्न नसकेर संसदीय व्यवस्थाकै धज्जी उडाउने गरी धाँधली गर्नुप¥यो । स्थानीय तहको चुनावले एमालेलाई हिमालबाट जति तल झ¥यो उति झस्कायो । तराईमा तेस्रो, कतै चौथो भयो । सबैभन्दा कमजोर माधव नेपालको चुनाव क्षेत्र रौतहटमा देखियो । माधवले आफ्नो राजनीति धरापमा परेको देख्ने नै भए । वाम गठबन्धन नभएको भए माधव, प्रचण्ड दुवै गुल्टिने थिए । त्यो चित्र चुनावअगाडि नै देखिसकेका थिए । कांग्रेससहितको सरकारमा बसेर वाम गठबन्धनको मात्र कुरा गर्दा मतदाता (वाम मतदाता) ले पत्याउने थिएनन् । पार्टी एकताको प्रचार नगरी वाम गठबन्धन सार्थक हुन सक्दैनथ्यो । त्यसैले धेरै र गम्भीर छलफल नगरी आजभोलि नै एमाले–माके एकता हुन्छ भनेजसरी प्रचार गरियो । भ्रमको खेती गरेर मतदातालाई मूर्ख बनाइयो । मतदाता पाँच वर्षका लागि कवाडी भए । वाम गठबन्धन र पार्टी एकताको प्रयासपछाडि धेरै चर्चा नभएको तर कटु सत्य ओली–नेपाल गुट संघर्ष मुख्य कारक छ । एमालेमा ओली निकै बलियो भएका छन् । ओलीलाई लगाम लगाउनका लागि प्रचण्ड समूहलाई ल्याउनुबाहेक नेपाल पक्षसँग अर्को विकल्प छैन । एनेकपा (माओवादी) विभाजित नहुँदा नै माधव नेपाल पक्षका कैयौं नेताले ‘ओलीलाई त नेता मानेर बसेका छौं भने प्रचण्डलाई नेता मान्न के गाह्रो छ र !’ भन्ने गरेका थिए ।

वाम गठबन्धन र पार्टी एकताको प्रयास कांग्रेसभन्दा ओलीविरुद्ध हो । यो कुरा अहिले धेरैले पत्याउने छैनन् । तर, तीतो यथार्थ खुल्दै जानेछ । सहज ज्ञान र सरल ढंगले बुझ्न गाह्रो हुने गरी वास्तविकता प्रकट हुँदै आएको छ । नेपाल–दाहाल र ओली समूहबीच छापामार आक्रमण शुरु भइसकेको छ । ओली पक्ष एकताविरोधी देखिन चाहने कुरै भएन । त्यसैले उसले एकताको वकालत गर्दै एकता नहुनेगरी काम गरिरहेको ठानिएको छ । ओलीनिकट नेताहरू पाँच वर्षकै लागि ओली प्रधानमन्त्री हुने र पार्टी अध्यक्ष महाधिवेशनले चयन गर्ने, हाल प्रचण्डलाई सहअध्यक्ष मान्न सकिने अडानमा छन् । त्यो सोचअनुसार प्रचण्डले पार्टी बुझाउँदैनन् । नेपाल र हाम्रो एकता भाँड्ने षड्यन्त्र भएको छ भन्दै ओली पक्षलाई धम्क्याउन थालेको छ । प्रचण्ड पक्ष र एमालेको नेपाल पक्ष प्रम, पार्टी नेतृत्व आलोपालो गरेर भए पनि पार्टी एकता गर्नुपर्ने पक्षमा सार्वजनिक रूपमै बोल्न थालेको छ । अहिले बजारमा पार्टी एकताको विषयलाई लिएर एमालेको ओली र नेपाल फुट्ने त्यसपछि नेपाल–दाहाल एकता भएर देउवाको समर्थनमा सरकार बन्ने हल्ला चल्न थालेको छ ‘ ।वाम गठबन्धन जनादेश हो’ भन्दै फुटेर अनपेक्षित गठबन्धन सरकार बन्न सक्छ भन्ने चर्चा दबाबका लागि चुहाएको सूचना मात्रै हो भन्नेहरू पनि छन् । तर, नेपाल पक्षले जति प्रचण्ड पक्षलाई बोक्दै छ एमालेभित्र त्यो समूह त्यत्तिकै कमजोर बन्दै गएको ठानिन्छ ।

प्रचण्डको गोडा अहिले पनि दुइटा डुंगामा छ । चुनावको समयमा पनि देउवाप्रति नरम थिए । कांग्रेसद्वारा राष्ट्रपतिसमक्ष पेश गरिएको विधेयकको पक्षमा राजपा, फोरम र प्रचण्ड पुगिसकेका छन् । जति समय बित्दै छ, उति नै प्रचण्ड–देउवा निकटता बढ्दै गएको छ । माके–एमाले दूरी बढ्दै छ । एमालेका अधिकांश कार्यकर्ता र बुद्धिजीवीहरू प्रचण्डप्रति विश्वस्त छैनन् । प्रचण्ड आफ्नो स्वार्थका लागि आएको हो भन्ने ठान्छन् । पार्टी एकता नभएको खण्डमा प्रचण्डका धेरै कार्यकर्ता एमालेमा विस्तारै प्रवेश गर्ने स्थिति छ । पार्टी एकताको घोषणा गरेर पछाडि फर्किंदा कार्यकर्ता डोलायमान हुनु अनिवार्य बन्छ । त्यसो हुँदा साना समूह ठूला समूहको निकट हुन जान्छन् । त्यसकारण पनि ओली पक्षले हलचल गरेको छैन भने प्रचण्ड पक्ष छटपटीमा परेको छ । ओलीलाई नियन्त्रित गर्न प्रचण्डलाई तानेर हौसिएको नपाल पक्ष, चुनाव हारेर रन्थनिएको वामदेव पक्ष र स्वार्थलम्पट प्रचण्डले 

अप्रिय, अनपेक्षित निर्णय लिनै सक्दैनन् भन्ने छैन । तर, त्यसप्रकारको स्वार्थलम्पट, प्रो इण्डियन पक्षको भविष्य भने आजको नेपालमा छैन । भारतीय वामपन्थी विश्लेषक तथा वरिष्ठ पत्रकार आनन्दस्वरूप बर्मा निर्वाचनअगाडि नै वाम गठबन्धन र पार्टी एकताको हल्ला चुनावी स्वार्थका लागि भएको ठान्छन् ‘ ।चुनावपछि प्रचण्ड र देउवाकै सरकार बन्ने सम्भावनालाई कसैले नकार्न सक्छ ?’ उनी प्रश्न गर्छन् । वर्मा प्रचण्ड–देउवा सरकार बन्दै गर्दा भारतीय सञ्चारमाध्यमका टिप्पणी र दाहालद्वारा गरिएको मोदीभक्ति तथा प्रशंसा सम्झन्छन् । सरकार र पार्टी नेतृत्वमा औकातभन्दा बढी महŒव दिन ओली पक्ष तयार देखिन्न । एमालेले फोरमसँगको विकल्प प्रयास गरेको खुलासा गरेर प्रचण्डले आपूmलाई कांग्रेससँगको विकल्प खुला रहेको जनाऊ पनि दिएका छन् । प्रचण्डले राष्ट्रपतिसमक्ष पेश गरिएको सरकारी अध्यादेशको समर्थन गरेर कांग्रेस गठबन्धनलाई हर्षित गरिसकेका छन् । अहिले प्रचण्ड नयाँ गठबन्धन बनाउन मतदाता र कार्यकर्ता थकाउने खेलमा लागेको देखिन्छ ।’
– अनिल शर्मा (विप्लव माओवादीका वरिष्ठ नेता ।)

टिप्पणीहरू