कोरोनाबाट आज १२ को निधन, १ हजार बढी संक्रमित

कोरोनाबाट आज १२ को निधन, १ हजार बढी संक्रमित

गत २४ घण्टामा मुलुकभर १ हजार ७८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ५५ जनामा पीसीआर तथा ३ हजार २ सय १० जनामा एन्टिजेन गरी ११ हजार ७ सय ६५ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै,सोही अवधिमा संक्रमणबाट १२ जनाको निधन भएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ३५ पुगेको छ । यसबीचमा ९ सय ११ जना भने संक्रमणमुक्त भएका छन् ।

मुलुकभर अझै १८ हजार १ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १६ हजार ८ सय २ जना होम र १ हजार ३ सय ६६ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये ३ सय ५३ जनाको आइसीयु र १ सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २ सय ३८ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू