शिक्षक दरबन्दी काटिएकोमा स्थानीयकाे विराेध

शिक्षक दरबन्दी काटिएकोमा स्थानीयकाे विराेध

शिक्षक दरबन्दी काटिएको विरोधमा रसुवाको कालिका गाउँपालिका-१ राम्चेका स्थानीयले पालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका छन् । शिक्षक दरबन्दी नहुँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको भन्दै ग्राङ आधारभूत विद्यालयको व्यवस्थापन समिति, अभिभावक र स्थानीय युवाहरुले शिक्षा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

गत शैक्षिक सत्रदेखि प्राथमिक तहबाट आधारभूत तहमा परिणत भएको विद्यालयमा २०० भन्दा बढी विद्यार्थी अध्यनरत छन् । तर, चार महिनादेखि तीन जनामात्र शिक्षकको दरवन्दी रहेका कारण पठनपाठनमा समस्या भएको स्थानीयको गुनासो छ ।विधालयमा शिक्षकको अभाव हुँदासमेत सरोकारवालाले वेवास्ता गरेको भन्दै शिक्षा शाखामा तालाबन्दी गर्नुपरेको स्थानीयले बताएका छन् । विद्यार्थीको क्षमताअनुसार दरबन्दी मिलाउन सम्बन्धित निकायले चासो नदेखाएको भन्दै उनीहरुले आफ्ना माग पुरा नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनी पनि दिएका छन्।

आधारभूत तहसम्मको शिक्षकको दरवन्दी तीन दिनभित्र पूरा हुने गरि शिक्षक उपलब्ध गराउन र खटिएका शिक्षकहरु विद्यालयमा नियमित हाजिर हुनुपर्ने स्थानीयको माग छ ।

टिप्पणीहरू