​कस्ता–कस्ता सेनापति पायांै हामीले ? « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

​कस्ता–कस्ता सेनापति पायांै हामीले ?

प्रकाशित मिति :  १६ पुष २०७४, आईतवार १०:२८


२००७ सालसम्म राणाहरू सेनाकै आडमा शक्तिमा रहन सफल भएका थिए भने प्रजातन्त्रपछि पनि अधिकांश प्रधानसेनापति राणा नै भए  । युवा अवस्थामै प्रधानसेनापति बनी फिल्ड मार्शल (पाँचतारे जर्नेल) भएर गणतन्त्र आएपछि बितेका नरसमशेर जबराको पारिवारिक जीवन ज्यादै गोलमालको थियो । बहिनीसँग सम्बन्ध राखेका उनले प्रशस्त सम्पत्ति भएर पनि छोरा–नाति गतिलो नभएका कारण साह्रै दुःखी जीवन बिताउनु परेको थियो ।

सानेपाको जग्गा आर्मीलाई लिखितमा दिएर पनि छोरा–नातिको दबाबका कारण फिर्ता लिएका थिए  । एउटा नाति विनयसमशेर १९ बेसिकमा अफिसर बने पनि कमाण्डो तालिम गर्न नसकी जागिर छोड्न बाध्य भए  । उनको गत हप्ता नख्खूस्थित उपेन्द्र महतोको नयाँ अस्पतालमा क्यान्सर अपरेसन भएको छ  । 

सल्यानी ठकुरी सुरेन्द्रबहादुर शाह प्रधानसेनापति हुँदा दरबारका विश्वासपात्र थिए  । अवकाश पाएलगत्तै दिवंगत उनका छोरामध्ये पञ्चायतकालमा निकै चर्चित शरदचन्द्र शाह हुन् भने ४ बेसिकमा अफिसर भई घोडचढीको कर्णेलसम्म बनेर अर्को पियक्कड भाइले अवकाश पाएका थिए  । गरिब प्रधानसेनापतिको रुपमा चर्चित गुणसमशेर राणा अवकाशपछि चीनमा राजदूत भए  । छोरी भावना र ज्वाईं किशेन्द्र शाहीका कारण मृत्युअघि ज्यादै नाजुक आर्थिक अवस्था व्यहोर्नुप¥यो । उमेरले झण्डै ९० वर्ष पुगेका अर्जुननरसिंह राणा सोझा सेनापतिको रुपमा चिनिन्छन् । उनका ज्वाईं कर्णेल ज्ञानजंग थापालाई प्रज्वलसमशेरले प्रमोशन नदिई घर पठाएका थिए  । 

सचितसमशेर राणा बांगे सेनापतिको नामले चिनिन्थे । परस्त्रीतिर विशेष जोड भएका निजको पालामा अफिसरहरूलाई श्रीमती लुकाउँदैमा सास्ती हुन्थ्यो भने कतिपय सोही कमजोरीको फाइदा लिएर निकै मालदारसमेत भए  । ०४७ सालको संविधान घोषणा गर्ने समयताका जर्नेलको हुल लिएर प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई तर्साउन सिंहदरबार गएका उनका छोरा सहदेव राणाले बेलायतमा तालिम लिएर क्याप्टेनसम्म भई बीचमै जागिर छोडे । 

गरुडसमशेर सी क्लासका राणा भए पनि प्रधानसेनापति बन्न सफल भए  । देहरादुन तालिममा जाँदा उतै बिहे गरेका हुन् । गिरिजा प्रधानमन्त्री भएका बेला सेनाको सम्भार भ्रष्टाचार काण्डपछि दरबारको दबाबमा राजीनामा दिएर बसेका उनको दुई वर्षअघि घाँटीको क्यान्सरले मृत्यु भयो । ज्वाईं नेपालभुषण चन्द तीन तारे जर्नेल थिए, जो आफ्नै नातेदारलाई पनि च्याप्प समात्न छोड्दैनथे ।

सबैभन्दा बुद्धिजीवी र शिक्षित प्रधानसेनापतिको रुपमा नाम कमाएका सिंहबहादुर बस्नेतका ज्वाईं धर्मपालवरसिंह थापा दरबारबाट निकै रुचाइएका व्यक्तिमध्ये पर्थे  । अवकाशपछि पनि दरबारले फिल्डमार्शल, राजदूत बनाउन प्रस्ताव ग¥यो तर त्यति रुचि देखाएनन् । जेठा छोरा इञ्जिनियर अजित थापा दुईतारे जर्नेल छन् भने माइलो छोरा दुर्घटनाबाट अशक्त भए पनि प्रमुख सेनानी भएका छन् । ज्वाईं रतुवा जर्साब दिलीपसमशेर राणा पक्का प्रधानसेनापति हुने अवस्थामा थिए तर पोखरामा डिभिजन कमाण्डर हुँदा नेताहरूलाई गाली गर्दै निकालेको वक्तव्यका कारण घर गए  । ज्यादै कडा चिफमा गनिने सिंहप्रताप शाह बेलायतमा मिलिटरी अट्याची हुँदा दरबारसँग बनेको राम्रो सम्बन्धका कारण सेनामा हुन्जेल सबैलाई थर्काएर बसे  । अवकाशपछि पनि दरबारकै निगाहले जर्मनीको राजदूत भए  । आफ्नै भाउजूलाई राखेका निजको पारिवारिक जीवन राम्रो भएन भने अन्तिम घडी ह्विलचेयरमा बिताउनुप¥यो ।

प्रज्वलसमशेर राणा निकै विवादित सेनापति थिए  । जनआस्थाका सम्पादकलाई गोली हान्छु भन्ने उनी ज्ञानेन्द्रको निगाहमा फ्रान्सको राजदूत बने पनि बीचैमा फिर्ता बोलाइए  । लागुपदार्थको कारोबार र सेवनमा परेको छोराका कारण चिन्तैचिन्तामा डुबेर अष्ट्रेलियातिर धाइरहन्छन् । प्यारजंग थापा ०६२÷६३ को आन्दोलनमा दरबारलाई सहयोग नगरेको भनेर ज्ञानेन्द्रले सबैभन्दा मन नपराउने सेनापतिमा पर्छन् । सेना प्रयोग गरे धेरै रक्तपात हुन्छ, सेना उतार्न हुँदैन भनेर उनले सल्लाह दिएकै कारण धेरै कम क्षतिमा दोस्रो जनान्दोलन सफल भएको थियो । रुक्मांगत कटवाल माओवादी सरकारले हटाएपछि सिधै भारतीय नेताहरूसँग हारगुहार गरेर राष्ट्रपतिमार्फत पुनःबहाली भएका थिए  ।

राम्रै कलाकारिता जान्ने उनको छोराले नक्कली सर्टिफिकेट देखाएर जागिर खाए पनि हालसम्म कसैले सोधपुछ गर्ने आँट गरेका छैनन् । आदिवासीबाट प्रधानसेनापति भएका छत्रमानसिंह गुरुबले रिसाहा प्रवृत्तिका भए पनि सेनाका लागि धेरै राम्रो काम गरेर गएका छन् । शरीर काम्ने रोगले च्यापेका कारण निकै कष्टसाध्य जीवन बिताउँदै छन् । गौरवसमशेर राणाले आफूलाई पैसाको कुनै लोभ नभएको भन्ने गरे पनि कल्याणकारी कोषबाट अर्बौं रकम उडाउन सफल भएको चर्चा छ  । फास्ट ट्रयाक लागु गरेर सयौं अफिसरलाई घर पठाउने श्रेय उनैलाई जान्छ  ।

– राजकुमार बुढाथोकी


प्रतिक्रिया दिनुहोस !