शिक्षकहरुले कालो पट्टी बाँधे

शिक्षकहरुले कालो पट्टी बाँधे

सेवासुविधाबाट आफूहरुलाई वञ्चित गराइएको भन्दै आज मुलुकभरका शिक्षकहरुले कालोपट्टी बाँधेर विरोध गरेका छन् । निजामती कर्मचारीको तुलनामा शिक्षकलाई कम सुविधा दिइएको र अन्य सहुुलियतमा समेत पनपच्छे गरेको भन्दै उनीहरुले बिरोध गरेका हुन् ।

निजामती कर्मचारीलाई पर्यटन काजमा दोब्बर सुविधा बढाइएको तर शिक्षकहरुलाई यसबाट वञ्चित गरेर अपमान गरेको उनीहरुको ठहर छ । त्यसैले शिक्षकहरुले कालोपट्टी बाँधेर सरकारलाई आफ्नो माग पूरा गर्न दबाब दिइएको बताइन्छ ।

आजको बिरोध कार्यक्रममा लगभग चार हजार विद्यालयका शिक्षकहरुलाई सामेल गरिएको आयोजकहरुले जानकारी दिएका छन् । उनीहरुले शिक्षकका छोराछोरीलाई पाँच लाख रुपैयाँको छात्रवृत्ति दिनुपर्ने,दुर्घटना बिमा हुनुपर्ने, राज्यका अन्य निकायका कर्मचारीलाई दिइएको सेवा सुविधा सरह शिक्षकहरुलाई पनि सुविधा प्रदान गर्नुपर्ने उनीहरुको माग छ ।

शिक्षकहरुलाई अरुलाई झैँ सेवासुविधा नदिएर विभेद गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको स्वतन्त्र स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय अध्यक्ष रमेशबाबु भट्टराईले बताउनुभएको छ । रिटको पेसी असोज १७ गते आइतबारलाई तोकिएको छ ।

टिप्पणीहरू