एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल खतरामुक्त

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल खतरामुक्त

केही दिनदेखि भाइरल ज्वरोले थलिनुभएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ । अध्यक्ष नेपाल हिजो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको हो ।

उहाँलाई शिक्षण अस्पतालको एनेक्स-१ को क्याबिन नम्बर ५११ मा राखिएको छ । डा. सन्तोषकुमार दास अध्यक्ष नेपालको उपचारमा खटिनुभएको छ ।

नेपालको सचिवालयका अनुसार उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ । धपेडीका कारण उहाँलाई भाइरल ज्वरोले च्यापेको र केही दिन अस्पतालमै आराम गर्न चिकित्सकले सुझाव दिएको बताइएको छ ।

असोज ९ गते हेटौंडामा आयोजित पार्टीको कार्यक्रमबाट फर्केपछि एक्कासी उहाँमा स्वास्थ्य समस्या देखिएको थियो । अस्वस्थताका बाबजुद नियमित काममा खटिनुभएका अध्यक्ष नेपाललाई परिवारको आग्रहमा अस्पताल लगिएको हो ।

अध्यक्ष नेपालकी श्रीमती गायत्री आचार्यलाई समेत स्वास्थ्यमा समस्या देखिएपनि उहाँ भने निको भैसक्नुभएको सचिवालयले जनाएको छ ।

टिप्पणीहरू