निलम म्याडम चिसो कोठामा पसिनाले निथ्रुक्कै

निलम म्याडम चिसो कोठामा पसिनाले निथ्रुक्कै

– द्रव्य शाह

अघिल्लो सातादेखि नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिना हिजो कार्यालयमै पसिनाले निथ्रुक्क हुनुभएको छ । वातानुकूलित कार्यकक्षमा पनि कामयमुकायम गभर्नर पसिनाले असिन पसिन हुनुको कारण गर्मी र खानपानभन्दा पनि बैंकको मौखिक निर्देशन बाहिर गएको सन्दर्भ थियो ।

केही सातादेखि मुलुक बाहिर जाने नेपालीले पासपोर्ट सुविधावापतको १५ सय अमेरिकी डलर सटही कारोबारबाट डलरको नगद मौज्दातमा चाप परेको सूचना आएपछि बैंकमा गत सातादेखि उक्त चाप रोक्ने उपायबारे छलफल भएको थियो । कोरोना संक्रमण देखिएर गभर्नर महाप्रसाद अधिकारीले बिरामी बिदा लिएकाले कायममुकाय गभर्नर बनेकी डेपुटी ढुंगानाको कार्यकक्षमा बैंकका ठूलाबडाहरुको लामै छलफल भयो ।

छलफलबाट वाणिज्य बैंकहरूलाई मौखिक रुपमा उक्त सुविधा प्रयोग गर्ने जोकोहीलाई नगद दुई सय डलर र बाँकी १३ सय डलर कार्डबाट दिन लगाउने सहमति भएको थियो । त्यो बेला कतिपयले ढुंगानालाई परिस्थितिको पृष्ठभूमि बताएर लिखित निर्देशन दिँदा उपयुक्त हुने भन्दै सुझाएका थिए ।

हिजै बिहान अर्थसचिव तथा बैंक सञ्चालक मधु मरासिनीले ढुंगानालाई फोन गर्नुभएपछि पनि उहाँ एकछिन अत्तालिनुभएको हो

तर,कायम मुकायम गभर्नरले, ‘गभर्नर साहेब बिदामा बस्नुभएकाले बैंकहरुलाई तत्काल मौखिक निर्देशन दिएर समस्या समाधान गर्न,’ निर्देशन दिएको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘उहाँ रिस्क मोल्न तयार नभएको अवस्थामा देखिनुहुन्थ्यो । तर रिस्क केही पनि थिएन । बैंकले आवश्यकताअनुसार उक्त व्यवस्थामा सँधै थपघट गर्नसक्छ । त्यसमा गभर्नर वा कायममुकायम गभर्नर भन्ने प्रश्न नै आउँदैन ।’

राष्ट्र बैंककाे उच्च तहबाट अस्ति दिइएकाे मौखिक निर्देशनबाट डलर सटहीमा कडाई गरेको समाचार हिजाे बाहिरिएपछि म्याडम पसिनाले निथ्रुक्कै हुँदै सम्बन्धित विभागका कार्यकारी निर्देशकहरुलाई कार्यकक्षमा बोलाउनुभएको हो । उहाँले मौखिक भए पनि बैंकको गोप्य निर्देशन सञ्चारमाध्यममा छरपस्ट भएको भन्दै हाकिमहरुसँग असन्तुष्टि जनाउनुभएको थियो ।

कायममुकाय गभर्नरले बैंकहरुलाई उक्त निर्देशन आफैँले फोन गरेर दिएको स्रोतको दाबी छ । उहाँले बैंकर्स संघका अध्यक्ष भुवन दाहाललाई सोबारे कार्यान्वयन गर्न टेलिफोनमा भन्नुभएको र दाहालले पनि कायम मुकाय गभर्नरको आदेश शिरोपर गर्दै सबै बैंकमा सोहीबमोजिम गर्न संघको सचिवालयलाई खटाएर कटवालको भूमिका निभाएका थिए ।
डेपुटी ढुंगानालाई केन्द्रीय बैंकमा विभिन्न विभागमध्ये विदेशी विनिमय व्यवस्थापनको पनि जिम्मेवारी दिइएको छ ।

पछिल्लो दिनमा विदेश जाने नेपाली श्रमिकहरुलाई पासपोर्ट वापतको १५ सय डलर सटही गर्न लगाएर एजेण्टहरुले प्रतिव्यक्ति पाँच सय डलर आफूले लिने गरेको आशंका गरिएको छ । त्यहि डलर जम्मा गरेर अवैध कारोबारीले दैनिक लाखौं डलर अपचलन गरेको आशंकामा राष्ट्र बैंकले नगद दुई सय र डलर कार्डबाट १३ सय सटही गर्नु उपयुक्त हुने निश्कर्ष निकालेको उच्च स्रोतले जानकारी दिएको छ ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहाललाई सोबारे कार्यान्वयन गर्न टेलिफोनमा भन्नुभएको र दाहालले पनि कायम मुकाय गभर्नरको आदेश शिरोपर गर्दै सबै बैंकमा सोहीबमोजिम गर्न संघको सचिवालयलाई खटाएर कटवालको भूमिका निभाएका थिए ।

यता,हिजै बिहान अर्थसचिव तथा बैंक सञ्चालक मधु मरासिनीले ढुंगानालाई फोन गर्नुभएपछि पनि उहाँ एकछिन अत्तालिनुभएको हो । मरासिनीले आफू कार्यालय आउँदा बाटोबाट बैंकमा नोट सटही गर्नेहरुको लामो लाइन देखेको भन्दै तत्काल व्यवस्थापन गर्न कायममुकाय गभर्नर ढुंगानालाई ‘के हो त्यो बैंकमा गाईजात्रा ?’ भन्नुभएको स्रोतको दाबी छ ।

नोटमा दस्तखत नगरे पनि गभर्नरको जिम्मेवारी लिनुभएकी म्याडमले सचिवको फोनलगत्तै आफू मातहतका विभागीय प्रमुखहरुलाई मान्छेको लाइन व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । तर,केन्द्रीय बैंकमा हिजो बुधबारका दिन नयाँ नोट साट्ने सेवाग्राहीको खासै भीड नभएको बैंकको सुरक्षा समूहले जानकारी दिएको छ ।

टिप्पणीहरू