गुल्मीको लजमा २ वटा चितुवाको छाला

गुल्मीको लजमा २ वटा चितुवाको छाला

गुल्मीको एउटा लजमा दुई थान चितुवाको छाला फेला परेको छ । छत्रकोट गाउँपालिका ३, लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजमा चितुवाको छाला फेला परेको हो ।

चितुवाको छाला बिक्री गर्न हिँडेको शंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका २, भेडवा बस्ने २७ वर्षीय सुमन खनाल र ३१ वर्षीय हरिबहादुर सार्की हुन् ।

उक्त होटलमा चितुवाको छाला बिक्री गर्ने उद्देश्यले पाहुना बसेको विशेष सुराकी पाएपछि प्रहरीले छापा मारेको बताइन्छ । प्रहरीले छापा मार्दा होटलको कोठाभित्र लुकाएको अवस्थामा चितुवाको छाला फेला परेको हो ।

टिप्पणीहरू