एमालेलाई मर्यादित हुन सिकाउँदै सर्वदलीय बैठक सकियो

एमालेलाई मर्यादित हुन सिकाउँदै सर्वदलीय बैठक सकियो

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदलाई निर्वाध र मर्यादित रुपमा अगाडि बढाउने कार्यमा रचनात्मक भूमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई नेकपा एमाले र राप्रपाले बहिष्कार गरेको छ । सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बैठकमा अनुपस्थित हुने तर संसदमा बिरोधमा उत्रने दोहोरो भूमिकामा देखिएको अवस्थालाई संवाद र वार्ताबाट भाग्न खोजेको निचोड निकाल्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित रुपमा सञ्चालन गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने निचोड निकालेको छ ।’

संसदको दुबै सदनमा महत्वपूर्ण विधेयकहरु थन्किएको उल्लेख गर्दै मन्त्री कार्कीले एमाले आगामी दिनमा जिम्मेवार भएर प्रस्तुत हुने विश्वास सबै राजनीतिक दलले लिएको उल्लेख गर्नुभएको छ ।

टिप्पणीहरू