राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ । बैंकका नायवप्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले उक्त सम्मान पत्र ग्रहण गर्नु भएको छ ।

खेलकुद क्षेत्रको विकाशमा प्रायोजकको रूपमा उत्कृष्ट योगदान गरी नेपाल र नेपालीको गौरब बढाउन  भूमिका निर्वाह गरेको हुनाले राष्ट्रिय खेलकूद परिषदद्वारा आयोजित एक समारोह बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सम्मानित  गरेको हो ।

बैंकले खेल जगतको उत्थानका निम्तिहरेक वर्ष सिटिजन्स अन्तरबैंक फुटसल प्रतियोगिता (Citizens interbank futsal tournament), सिटिजन्स खुल्ला गल्फ प्रतियोगिता (Citizens open gulf tournament), सिटिजन्स खुल्ला टेनिस प्रतियोगिता (Citizens open tennis tournament) गर्दै आएको छ ।

नेपाली खेलाडीहरुको मनोवल बढाउने उदेश्यले बैंकले राष्ट्रिय व्याडमिन्टन खेलाडी नंङशल तामांगलाई खेल्नका निम्ति अनुकूल वातावरण प्रदानगरी बैंकमा कर्मचारीको रूपमा पनि नियुक्त गरेको छ  । हाल सालै सम्पन्न प्रथम प्रधानमन्त्री क्रिकेट कपमा पनि बैंकले रू तिन लाखको आर्थिक सहयोग उपलब्ध गराएको थियो । हाल आयोजना भइरहेको एभरेष्ट प्रिमियल लिग (EPL) मा चितवन टाइगर्स टोलीलाई रू दश लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । यस किसिमको  गरिमामय सम्मान प्राप्त गर्ने पहिलो  बैंकको रुपमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रहेको छ ।

भविष्यमा पनि बैंकले खेलको विकासका निम्ति निरन्तर सहयोग गर्ने कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले जानकारी गराउनु भएको  छ  ।
 

टिप्पणीहरू